ब्रेकिंग न्युज

कार र मोटरसाइकल दुर्घटना ,कार चालक नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल


२६ बैशाख २०७७, शुक्रबार


काठमाडौं २६ बैशाख ।  नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेलले चलाएको कार र अर्को मोटरसाइकल एकापसमा ठोक्किँदा काठमाडौंको रविभवनमा मोटरसाइकलमा यात्रारत एक जनाको मृत्यु भएको छ।कार चालक कलंकी स्युचाटारका ३९ वर्षीय लेफ्टिनेन्ट कर्णेल शिखर जबरा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीका अनुसार जबरा  आर्मी हेडक्वाटरमा कार्यरत छन्। बिहान सवा ७ बजे बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको हो।कलंकीबाट कालिमाटी जाँदै गरेको कार र कालीमाटीबाट कलंकीतर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किएका हुन्। मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनलाई कालिमाटीबाट मासु लिएर फर्किँदै गर्दा कारले ठक्कर दिएको हो। 

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे