कपिलवस्तु २६ बैशाख । मेयर उठाउने प्रजिअ पठाउने भन्ने सुन्दा एउटै काम तालमेल युक्त होला भन्ने लाग्न सक्छ । तर संयोग मान्नेकी तालमेल विहिन, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले भारतवाट आएकालाई तौलिहवाको क्वारेण्टाइनमा राख्न घर घरवाट टेक्टरमा उठाए भने प्रजिअ दिर्घ नारायण पैडेलले बीचवाटै दशगजा तर्फ नै पठाए । हो यस्तै अवस्था आज शुक्रवार अपरान्ह २ वजेतिरको हो । कपिलवस्तु नगरपालिका वडा नं ८ वाट तैलिहवा स्थित क्वारेन्टाईनमा राख्न ल्याईएको करिब ४० जनालाई पून दशगजा क्षेत्रमै पठाईएको छ ।
मेयर किरण सिंहले स्थानीय नागरिकलाई आफ्नै क्वारेण्टाइनमा राख्न खोजेको वताउदै गहृको आदेश भनेर सिडियो सापले जसरी पनि सिमामा पुराउने भनेपछि त्यसै गर्नु परेको प्रेसपाटीलाई जानकारी दिनु भयो । भारतवाट लुकिछिपी हिजो र अस्ती अएका उनीहरुका कारण सिंगो गाउ आतंकित बनेपछि मेयर किरण सिंह कै नेतृत्वमा तौलिहवा स्थित क्वारेण्टाइनमा राख्न ल्याइएको थियो । तर गहृ मन्त्रालयले भारतवाट लुकिछिपी आएकाहरुलाई जहा भेट्यो त्यहीवाट दशगजामा फर्काउने र भरतसंगको समन्वयमा क्वारेण्टाइनमा राख्ने आदेश दिएपछि उनीहरुलाई पुन दशगजा नजिक पुराइएको हो । भारबाट नेपाल लुकिछिपि आउने जोकोहीलाई नियन्त्रणमा लिई दशगजमा पठाईरहेको उहाको भनाई छ ।
प्रतिक्रिया