अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसबाट १९ सय बढीको मृत्यु संक्रमितको संख्या ५९ हजार ६ सय नाघ्यो



एजेन्सी, २७ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या १ हजार ९८५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९६ जनाको मृत्यु भएको छ । कुल संक्रमितको संख्या ५९ हजार ६ सय ९३ पुगेको छ । भारतमा एकैदिन अरु ३ हजार ३४२ जना संक्रमित थपिएका थिए ।  उपचार गराइरहेका ३९ हजार ८२१ जनामध्ये १७ हजार ८८७ जना निको भएर घर फर्केका छन् । 

        मार्च २४ देखि लकडाउन गरेको भारतले मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गरिसकेको छ । भारतमा स्वास्थ्य विशेषज्ञहरुले आगामी दिनमा कोरोना भाइरसको भ्याक्सिन नआउँदासम्म कोरोना भाइरसलाई सामान्य रुपमा लिनु पर्ने बताईरहेका छन् ।

प्रकाशित : २७ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६