ब्रेकिंग न्युज

कपिलवस्तु कोरोना अपडेट : संक्रमित ३ जना २५ जनाको समुहमा मुम्वईबाट हिडेर आएका थिए



कपिलवस्तु २७ बैशाख  ।कपिलवस्तुमा शनिवार थपिएका तिनै जना कोरोना संक्रमित मुम्वईवाट नेपाल आएको वताईएको छ ।  प्रेसपाटीका संवाददाता राघवेन्द्र चौवेले कोरोना संक्रमितसंग कुराकानी गर्ने क्रममा यो कुरा वताएका हुन । संक्रमित तिनै जना मुम्वईको फरक फरक कम्पनीमा काम गर्दै आएका थिए । फरक ठाउमा काम गर्ने भए पनी नेपाल फर्किदासंगै आएका थिए । थप भएका संक्रमीत  मध्ये दुई जना मायादेवि गाउ पालिकाका र एक जना शुद्धोधन गाउ पालिकाका हुन । एस अघि  पुष्ठि भयेका २ जना सङै आएका थिए ।
    थप तिनजनामा कपिलवस्तुको मायादेवि गाउ पालिका ८ विजुवाका वरई थरका हुन, वडा नं. २ अभिरावका मुसलमान थर भएका र एक जना शुद्धोधन ६ कर्मका वरई थर भएका हुन  । संक्रमित ३ मध्ये दुई जना घरबाट क्वारेन्टाईनमा बस्न आएका थिए भने मुसलमान थर भएका नेपाल प्रवेश गरेपछी सिधै क्वारेनटाईनमा आएका थिए ।
   उनीहरु मुम्वईवाट हिडेर आएका थिए । वैसाख २२ मा  नेपाल छिरेका थिए । उनीहरु संगै नेपाल र भारतका २५ जनाको समुहसंगै आएको थियोे  । समुहमा को को थिए भन्ने कुरा अझै खुलेको छैन ।केही अन्य पालिकाका थिए ५ जना मायादेबि र शुधोदनका थिए । उनीहरु रातको समयमा अलिगडवाको बाटो हुँदै नेपाल भारतको सिमा क्षेत्रबाट  नेपाल प्रवेश गरेका थिए । कपिलवस्तुका संक्रमित पाचै जना परिचित साथी समेत हुन । यता उनीहरु तिनै जनाको स्वास्थ्य स्थिती सामान्य रहेको मायादेवी गाउ पालिकाका स्वास्थ्य संयोजक महेन्द्र यादवले वताए  । कोरोना संक्रमण भएको थाहा पाए पछी उनीहरुले  डर महसुस गरेको प्रेसपातीलाइ बताएका  छन ।      (संक्रमितसंग भयेको प्रत्यक्ष कुराकानीमा आधारीत )

प्रकाशित : २७ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६