ब्रेकिंग न्युज

जन प्रतिनिधीमाथि क्वारेण्टाइन ब्यस्थापनको तीब्र दवाव, लुकिछिपि भारतबाट भित्रनुमा मुख्य २ कारण



कपिलवस्तु २७ बैशाख । भारतका विभिन्न स्थानबाट आएर नेपाल प्रवेश गर्न खोज्ने करिव १५ सय नेपाली सीमाक्षेत्रमा अलपत्र परेको समाचार संचार मध्यममा आइरहदा बाणगंगाकाको वडा नं ११ बरवामा आज  साझ ८ वजेतिर फोन आयो हामी नेपाल भित्र आईसकेका छौं । हिडेर राती १२ /१ वजे सम्म त्यहा आइपुग्छौं बस्ने ब्यवस्था मिलाउनु । यो फोन बम्वईवाट फर्किका बासु चौधरीको थियो । उनले आफन्तलई यस्तो जानकारी दिएको बरवाका पत्रकार कृण्ण हरिजनले प्रेसपाटीलाई जानकारी दिनु भयो । यो फोनपछि सिंगो गाउ त्रासमा रहेको पत्रकार हरिजनको भनाईछ । 

    यस्तै कपिलवस्तु  नगरपालिका वडा नं ९ को लम्वुसागर स्थित गाउमा रातीको ११/१२ सम्म आइपुग्छौ भनेर बम्वईवाट फर्किएका श्रीमानले नेपाल भित्रैवाट फोन गरेपछि उनकी श्रीमतिले वडाध्यक्ष शिव वाग्लेलाई सोधिन मेरा बुढा सहित ५ जना राती आउदैछन्  कहा राख्ने होला ? वडाध्यक्ष वाग्लेले कनकमुनि माविको फिल्डमा आएर सुत्न भन्नु भोलि विहान ब्यवस्था मिलाउला भनेर भनेको  प्रेसपाटीलाई सुनाउनु भयो । यता बुद्धभूमी २ मा पनि यसरी नै २४ घण्टा भित्र ६ जना आएका छन् । उनीहरु दिल्ली र वम्वईवाट आएका हुन् । 

       वाणगंगका उपमेयर चक्रपाणी अर्यालका अनुसार बणगंगामा हिजो र आज  क्वारेण्टाइनमा भारतवाट आएका १२ जना थपिएका छन् । यति मात्र होइन कपिलवस्तु नगरपालिकाको बुद्ध पद्म स्थित क्वारेण्टाइनम ५० बढी थपिएको मेयर किरण सिहको भनाइछ ।  कृष्णनगरको  क्वारेण्टइनमा बस्ने ठाउ नभएपछि नया क्वारेण्टाइन वनाइएको छ । मेयर रजत प्रताप शाहका अनुसार कृष्णनगरले कम्तीमा ५ सय देखि ८ सय क्षमतामा क्वारेण्टाइन वनाउनु पर्ने देखिएको छ ।

         यसरी रातभरमा भारतवाट लुकिछिपी आउनेको संख्या दिनानुदिन बढेपछि  जनप्रतिनिधी माथि ब्यवस्थापनको तीव्र दवाव बढ्दै गएकोछ । हरेक पालिकामा क्वारेण्टाइन धमाधम थप हुदै गएका छन् । आज कपिलवस्तु नगरपालिकाको वडा नं ११ जहदीको विद्यालयमा नयाँ क्वारेण्टाइन खोलेर १४जनालाई राखिएको छ । रेहरामा आज राती आउदै गरेका १० जनालाई मदरशालाई नै क्वारेण्टाइन बनाएर राख्ने तयारी भएको समाजसेवि ओसिम मुसलमानले जानकारी दिनु भयो । यता  राती आउदैछौं भनेर फोन आउन थालेपछि सिंगो गाउनै त्रसित हुने वाताबरण बनेको  बाणगंगा ११ का समाजसेवि कमल चुदालीले वताउनु भयो । यी त प्रेसपाटीकालागि स्थानीयले दिएका केहि जानकारीका अंशहरु मात्र हुन । पालिकाका हरेक वडामा यसरी नै लकडाउनका बेला हिडेर र सिमामा रहेका प्रहरीलाई छक्काएर आउने संख्या दिनहु बढ्दोछ । 

        जानकारहरुका अनुसार यसो हुनुमा २ कारण छन् । पहिलो कारण जहाँ प्रहरीले रोक्छ स्थानीय जनप्रतिनिधीले फोन गरेर नरोक्नुस हामी क्वारेण्टाइनमा राख्छौं भनेर भन्नु ।  दोश्रो डयुटीमा खटिएका प्रहरीका आखाँ छल्नु ,भनसुनवाट नेपाल भित्रनु वा आर्थिक प्रलोभनमा सुरक्षाकर्मी प्रभावित हुनु । यी करणले नै नेपालमा सिमासिल भएका बखत धमाधम आउनेको संख्या बढेको भारतवाट फर्केर आएका कपिलवस्तु नगरपालिका ८ का राजेश सहानीले जानकारी दिनु भयो । 

        यता  भारतमा मजदुरी गर्नेहरु लामो समय लकडाउन भएपछि उनीहरु नेपाल फर्किएका ह्न  सोहि क्रममा सीमाना खटिएका सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न नदिएपछि धेरै मानिस  ३ दिन देखि दुई देशको सीमानामा अलपत्र परेका छन् । । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार सिमामा करिव १५ सय नेपाली रहेका छन् । सिमामा रहेका मध्ये सबै भन्दा बढि मर्यादपुर नाकामा २९० जना सीमा क्षेत्रमा बसेका छन् । यसै गरि भील्मीमा २८६ जना, कृष्णनगरमा २५९ जना, हरदौना २५५ जना र चाकरचौडा ११६ जना छन् । यसै गरि हथिहवामा ४७ र विजयनगरमा ३० जना नेपाली दशगजामै बसेको प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिनुभयो ।

        दशगजा क्षेत्रमा बसेका उनीहरुको स्वास्थ्य परिक्षण गरेर ल्याउने, क्वारेन्टाइन राख्ने वा भारतकै क्वारेन्टाइनमा पठाउने भन्नेमा विषय नटुंगिएको उहाको भनइछ । सम्बन्धित जानकारी गृह मन्त्रालयमा पठाइएको र त्यहाबाट कुनै निर्देशन नआएकाले के गर्ने भन्ने निर्णय गर्न नसकिएको प्रशासनको भनाई छ । दशगजामा अलपत्रहरुले आफुहरु क्वारेन्टाइन बस्न र स्वास्थ्य जाँच गर्न तयार रहेको भन्दै नेपाल प्रवेश गराउन माग गरेका छन् । केहि व्यक्तिहरु रातीको समयमा लुकेर नेपाल प्रवेश गरेपनि आफुहरु भने सरकारको निर्देशन पर्खेको मर्यादपुरमा अलपत्र यशोधरा ७ का भिखु पासीले बताउनुभयो । 

प्रकाशित : २७ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६