एजेन्सी, २८ बैशाख । विश्व भर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट आइतबार बिहानसम्म २ लाख ८० हजार ४३१ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण ४१ लाख ६०९ जना संक्रमित भएका छन् । कोरोनाबाट संक्रमितमध्ये १४ लाख ३९ हजार ८४२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अहिले २३ लाख ८० हजार ३३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४७ हजार ८६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एकैदिन ४ हजार २४८ जनाले ज्यान गुमाएका छन् भने ८८ हजार ९९७ जनामा नयाँ संक्रमित थपिएका छन् । कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकमा १५ लाख ८१ हजार २५६ जना संक्रमित छन् । एकै दिन २७ हजार ५५६ जनामा नयाँ संक्रमण देखिएको छ । युरोपका देशहरुमा अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै १ हजार ५१ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म ६ लाख ४७ हजार २१० जना उपचारपछि निको भएका छन् भने ८ लाख ६ हजार ८६३ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १४ हजार ३५४ जनाको अवस्था गम्भीर छ । एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार ८५१ पुगेको छ । ६ लाख ५० हजार ८९८ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ५९ हजार ३८२ जना निको भएका छन् । २ लाख ६९ हजार ६६५ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार ८ जनाको अवस्था गम्भीर छ ।
उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ७४ हजार ५३१ पुगेको छ । कोरोनाकै कारण अहिलेसम्म ८९ हजार ५० जनाले ज्यान गुमाएका छन् । दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १५ हजार ७७९ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ९८ हजार १२५ पुगेको छ । मृतकको संख्या १५ हजार ४ सय पुगेको छ । संक्रमितमध्ये १ लाख ३ हजार ६२० निको भएका छन् भने १ लाख ७९ हजार १०५ जनाको उपचार भइरहेको छ ।
अफ्रिकी मुलुकमा ६१ हजार ९८५ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार २३२ जनाले ज्यान गुमाएका छन् । विश्वका २१२ देशमा फैलिएको यो संक्रमणबाट ज्यान गुमाउने र संक्रमित हुनेहरु बढ्दै गएका छन् । विश्वका अधिकांस देशहरु अझै पनि पूर्ण लकडाउकै अवस्थामा छन् भने केही देशहरु आंशिक लकडाउनमा रहेका छन् । कोरोना भाइरस सुरुमा देखा परेका चिनमा भने जनजीवन समान्य बन्दै गइरहेको छ ।
प्रतिक्रिया