काठमाडौं, २८ बैशाख । आगामी तीन दिन मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असीना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।शाखाका अनुसार अहिले मुलुकका पश्चिमी भूभागमा बदली भई हावाहुरीसहित मेघ गर्जनकासाथ पानी परिरहेको छ ।
यस्तो छ तीन दिनको मौषम पूर्वानुमान
बैशाख २८ गते आईतबार
दिउँसोः देशको पश्चिमी भुभाग लगायत मध्य र पुर्वका पहाडी भू(भागमा सामान्य बदली रहनेछ भने बाँकि भूभागमा आंशिक बदली रहनेछ। पश्चिमी भूभागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पश्चिमी भुभागमा सामान्य बदली रहि वांकी भु(भागमा आंशिक बदली रहनेछ। पश्चिमि भु(भागका थोरै स्थानहरु लगायत मध्य र पुर्व १(२ स्थानहरुमा मेघगर्जनरचट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २९ गते सोमबार
दिउँसोः देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशको पहाडि भुभागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गरअसिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।
रातीः देशको अधिकांश भूभागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख ३० गते मंगलबार
दिउँसोः देशको अधिकांश भूभागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।
रातीः देशको पुर्वी भुभाग लगायत मध्य पहाडि भुभागमा सामान्य बदली र बांकी भुभागमा आंशिक बदली रहनेछ। पूर्वी भूभागका केही स्थानहरु, मध्य भुभागका थोरै स्थानहरु र पश्चिमी भुभागका १–२ स्थानहरुमा मेघगर्जन र चट्याङ्ग रअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया