लण्डन, २८ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बेलायतमा मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ ।कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएसँगै मृतकको संख्या ३५ पुगेको हो । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिनुभयो ।
ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आउनुभएको थियो ।
प्रतिक्रिया