अर्घाखाची २८ बैशाख । क्षेत्रफलको हिसावले देसकै ठुलो नगरपालिका सितगगां नगरपालीकाको भवनको एक कार्यक्रमका बिच शिलन्यास भएको छ । भवन शिलन्यासको लागि शुभ साइत पारेर अर्घाखाँचीको सितगंगा नगरपालीका ३ साउटोलामा केहि समय पहिले नै नगरपालीकाको भवन निर्माण गर्न जग्गा धनिहरुले १३ रोपनी निशुल्क जग्गा दान गरेका थिए ।सोहि ठाउँमा नव निर्मित भवन नगरप्रमुख सुर्य प्रसाद अधिकारीले शिलन्यास गर्नुभएके हो । भवन निर्माणको शिलन्यास काक्रममा नगर प्रमुख अधिकारीले भने निर्माण सम्झौता गरी भवन निर्माणको अगाडि बढिसकेको छ अव कार्य योजनाबद्द रुपमा अगाडि बढ्ने बताउनुभयो ।
नगरपालिकाले नगरको विकास र समृद्धिको लागि पुर्वाधार निर्माणका कार्यहरु तिव्र रुपमा सञ्चालन गरेको बताउनुभयो । उहाँले सरकारी संरचना निमार्णको लागी जग्गा दान गर्ने जग्गा दाताहरु धन्यवाद व्यक्त गर्नुभएके थियो । पिटिआर कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले ४करोड, १४लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको सितगंगा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन गौतमले जानकारी दिनुभयो ।
बहु वर्षिय निर्माण संझौता भएको छ कोरोना भाइरस कोभिड १९ को संक्रमण र देश बन्दाबन्दीले कुनै समस्या नआए भवन निर्माण कार्य संझौता अवधि भित्रै सम्पन्न गरीने लक्ष्य रहेको प्रमुख प्रसासकिय अधिकृत गौतमले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख टिका रेस्मी, नगरपालिकाका वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु, नगर सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीको सहभागिता रहेको थियो
प्रतिक्रिया