ब्रेकिंग न्युज

सिमामा अलपत्र मजदुरलाई रातारात उद्धार ,कृष्णनगरमा ३३९ जनाको व्यवस्थापन, तौलिहवामा हरेक वडामा क्वारेण्टाइन



कपिलवस्तु २८ बैशाख । गृहमन्त्रालयले कुनै आदेश नदिएपनि कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सिमा क्षेत्रका अलपत्र परेका नेपाली मजदुरको ब्यवस्थापन आफैले शुरु गरेको छ । भारतका विभिन्न शहरबाट घर जान आएका ३३९ जना नेपाली मजदुरको व्यवस्थापन गरेको हो । यही साता उनीहरु सिमा क्षेत्रमा आएका थिए । कतिपय चोरवाटो हुदै नेपाल भित्रीए पनिधेरै  जना सिमा मै रोकिएका थिए । सिमामा रहेका मजदुरलाई नेपाल भित्राएर राखीएको र उनीहरुको बर्गिकरण गरि त्यहा राख्नेलाई क्वारेण्टाइनमा पठाउने र वाकीलाई सम्वन्धित पालिका पठाइने मेयर रजत प्रताप शाहले जानकारी दिनु भयो । 

गृह मन्त्रालयले नेपाल प्रवेशको अनुमती नदिए पछि उनीहरु सिमामा अलपत्र परेका थिए । उनीहरु वनक्षेत्रमा कतै पाल टागेर वसेका थिए । अलपत्र परेकाहरु घाम र पानीले दुख समेत खेप्नु परेको थियो । उनीहरुलाई स्थानिय सरकार र समुदायले खानाको जोहो गरेका थिए । नेपाल प्रवेश गर्न नपाए पछि उनीहरुलाई सिमा क्षेत्रका रहेको विद्यालय ,सामुदायिक भवनहरुमा राखिएको छ । नगरपालिकाको भिल्मी, शिवानगर, मदरहनीया, लक्ष्मीनगर,मानपुर, कृष्णनगर, सौनहवा लगायतका ठाउमा वैकल्पीक व्यवस्थापन गरीएको नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनु भयो ।

        उनीहरुलाई कोठा कोठामा व्यवस्थापन गरीएको छ । एकै ठाउमा धेरै नहोस भनी अलग अलग राखिएको छ । कपिलवस्तु लगायत अन्य जिल्लाको मजदुर समेत रहेका छन । उनीहरुलाई आज विभिन्न क्वारेण्टाइनमा स्थानान्तरण गरिने मेयर शाहले प्रेसपाटीलाई जानकारी दिनु भयो । यसैगरी विजयनगर गाउ पालिकाले भने आफ्ना नागरीकलाई सिमा क्षेत्रको एक विद्यालयमा राखेको पत्रकार  अंकुश कुमार श्रीवास्तवले वताउनु भएकोछ । 

        यता कपिलवस्तु नगरपालिकाको तौलिहवामा भने भारतवाट लुकिछिपी आएका घरमै फिर्ता भएका छन् । कपिलवस्तु  नगरपालिकाको महुवा, लौसा, लोहरौला, कोदहावामा भारतबाट  आएका ९ जनालाई शनिबार गाउले आँफैले तौलिहवाको क्वारेनटाइन लगेका थिए । स्थानिय सरकारले क्वारेन्टाइनमा ठाउँ छैन भन्ने जवाफ दिएको लौसाका केवटराम धुनियाले वताए । जिल्ला  प्रशासनले दशगजामा लगेर छोडन भन्यो ।अस्पातलले कोरोना  जाच  गर्ने उपकरण  र किट नभएको वतायो ।वाध्य भएर  ९ जना घर फिर्ता गए उनले प्रेसपाटीलाई  जानकारी दिए । यता कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जीवि सापकोटा भने गाउमा फिर्ता गएको भएपनि स्थानीय विद्यालयमा राख्नु भएको छ होला घरमा फिर्ता गएर बस्ने स्थिती छैन भन्दै कहाँ राखिएको छ भनेर आधिकारीक रुपमा भन्न नसक्ने वताउनु भयो । मेयर किरण सिंहले हरेक वडामा भएका सबै स्कूललाई स्वत : क्वारेण्टाइन वनाएर राख्न लगाइएकोले उनीहरु वडा कै स्कूलमा रहेको जानकारी दिनु भयो ।

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६