ब्रेकिंग न्युज

सरकार अलपत्र नेपालीको समस्या समाधान गर : पुर्वमन्त्री आचार्य



कपिलवस्तु २८ वैशाख । नेपाली काँग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले सिमानामा अलपत्र नेपालीहरुको समस्या तत्काल समाधानका लागि नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।  आफनै  मात्रृभुमी प्रवेश गर्नका लागि कति प्रक्रिया खोजेको भन्दै तत्काल नेपालीहरुलाई उचित व्यस्थापन गर्नु पर्ने प्रेस विज्ञप्ती मार्फत सभापती आर्चायले जानकारी दिनुभएको छ । कपिलवस्तुको सिमानाका तथा दशगजामा १३ सय नेपालीहरु अलपत्र परेकोले व्यस्थापन गर्ने निकाय गैरजिम्मेवार बन्नु दुखद भएको बताउनु भयो ।

               आचार्यले कपिलवस्तुको क्वारेन्टाइनमा बसेको नेपालीलाई स्वाव परिक्षणका लागि किटको अभाव भएकोले यथाशिघ्र किटको व्यस्थापन गर्नुपर्ने संघ र प्रदेश सरकारसगं माग गर्नु भयो । उहाले समुदायलाई कोरोनाबाट बचाउन सबैसँग आग्रह समेत गर्नु भयो । भारतबाट लुकिछिपी आउने नेपाली नागरिकका क्वारेन्टिनमा राख्न स्थानिय तहलाई आग्रह गनु भएको छ । नेपाली काँग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराजआचार्यद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा सीमा समस्या समाधानका लागि नेपाली काँग्रेस ऐक्यबद्ध रहेकोले तत्काल समास्या समाधान गर्न अह्वान गरिएको छ ।

               लकडाउनका समयमा सीमाको समस्याका विषयमा कुरा उठेकाले सबै मिलेर यसको  समाधान गर्नुपर्ने सभापती आचार्यले बताउनु भयो । नेपाली काँग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्यले भारतबाट आएका नागरिकलाई अनिवार्य कोरोना परीक्षण गराउन समेत  आग्रह गर्नु भयो । उहाले जिल्लामा भारतबाट आएका नागरिकमा कोरोना  संक्रमण देखिएका कारण परीक्षण गराएर मात्र घर जान आग्रह  गर्नु भएको छ ।

प्रकाशित : २८ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६