कपिलवस्तु २९ बैशाख । कपिलवस्तुवाट शनिवार स्वाब परीक्षणकालागि काठमाण्डौ पठाइएको २९० जना मध्ये ९९ को नतिजा आएको छ । जस अनुसार यशोधराका ३४ जनाको स्वाब परीक्षण भएकोमा ८ जना र बुद्धभूमीका २१ जनाको परीक्षण भएकोमा २ जनाको नतिजा पोजिटिभ देखिएको हो । यी दुइपालिकाका ५९ जना वाहेक अन्य ४० जना जिल्लाका कृष्णनगर ,महारजगंज ,विजयनगर लगायतका पालिकाका क्वारेण्टाइनमा बसेका ब्यक्ति हुन् । यी सबै स्वाव पठाइएका २९० जना छ देखि १२ दिन अघि भारतवाट आएर क्वारेण्टाइनमा बसेका ब्यक्ति हुन् । उनीहरु सबै भारतवाट लुकिछिपी भित्रिएका हुन् ।
कपिलवस्तुमा पछिल्लो १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको छ भने कपिलवस्तुमा १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो १० मध्ये बुद्धभूमीका २ र अरु सबै यशोधराका भएको बुद्धभूमीका स्वास्थ्य प्रमुख डोल विक्रम बेल्वासेले वताउनु भयो । उनीहरु बुद्धभूमीको मानपुर र धनकौलीका वसिन्दा हुन् । उनीहरु भारतवाट आएर बुद्धभूमीका स्थानीय क्वारेण्टाइनमा वसेका थिए । यशोधराका समेत क्वारेण्टाइनमा वसेका थिए ।
प्रतिक्रिया