ब्रेकिंग न्युज

कोरोना संक्रमितको ३ पटकमा ४० दिन क्वारेन्टाईनको वास , २२ जनासंगै मिनी पिकअपमा यात्रा ।



वुद्धभुमी  २९ बैशाख कपिलवस्तुको वुद्धभुमी ७ मानपुरका कोरोना संक्रमित युवा भारतवाट सामुहिक यात्रा गरी आएको खुलासा भएको छ । उनीहरु भारतको नासिकबाट आएका थिए । नासिकवाट ४२ जनाको समुहमा यात्रा गरेका थिए । ४२ मध्ये २२ जना मिनी पिकअप ( छोटा हात्ती)को ढालामा वसेर आएका थिए । उनी सहित २२ जना सो गाडीको पछाडी वसी यात्रा गरेका थिए । प्रति व्याक्ती २१ भारु तिरेर यात्रा गरेका उनी भारतको २ स्थानमा वनाईएको क्वारेन्टाईनमा समेत वसेका हुन । 

            हामी ४० दिन क्वारेन्टाईनमा वसीयो । भारतको २ स्थानमा २८ दिन वस्नु पर्यो । नेपाल आए पछी गोरुसिंगेमा वसियो । अहिले सम्म घर देख्न पाईएको पनी छैन । सुरुमा भारतको तुलसीपुर स्थित क्वारेन्टाईनमा १४ दिन वसेर आएको थिए । त्यस पछी हामीलाई डुमनैया स्थित चौधरी ईनटरनेशनल कलेजमा १४ दिन क्वारेन्टाईनमा राखीयो । त्यस पछी नेपाल आएका थियौ । हामी २ भाई भारतबाट आएका हौ । नासिकमा काम गर्ने गरेका थियौ । हामी संग ४२ जनाको समुहमा आएका थियो । मलाई थाहा भए सम्म वुद्धभुमी ७ मानपुर, वुद्धभुमी ९ ईमिलिया , कपिलवस्तुको विठुवाका साथिहरु पनी संगै आएका थियो कोरोना संक्रमितले वताए । केही साथीहरु यही क्वारेन्टाईनमा वसेका छौ । अरु कहा हुनु हुन्छ थाहा नभएको उनले वताए ।
उनीहरु वैसाख १३ गते नेपाल आएको रेकर्ड देखिएको छ । 

         कृष्णनगर नाका हुदै छिरे पछी ईलाका प्रहरी कार्यालय गोरुसिंगेको टोलीले घर नपुग्दै नियन्त्रणमा लिई क्वारेनटाईनमा लगेको थियो । वुद्धभुमी नगरपालिकाले चोर वाटो हुदै नेपाल भित्रीए पछी खोजी गर्दै क्वारेन्टाईनमा राखेको थियो । नगरपालिकाले वुद्धभुमी २ मा रहेको गौतमवुद्ध मा विमा क्वारेन्टाईन संचालन गरेको थियो । यता वुद्धभुमी १० का एक युवा मुम्वईबाट नेपाल आएका थिए । उनी वम्वईबाट लखनउ सम्म गाडीमा यात्रा गरेर आएको वताए । हामी एउटै गाडीमा १५ जना आ भारतिय नागरीक समेत रहेको चाईले वताए ।

         लखनउवाट उनी सिमा सम्म हिडेर यात्रा गरेका थिए । उनले मुम्वई बाट घर सम्म आउदा १९ दिन लागेको वताउछन । उनी गाउमा आए पछी घरमा नछिरी साईकल मागेर वुद्धभुमी २ स्थित गौतम वुद्ध मावी क्वारेन्टाईनमा आएका थिए । उनी रंगपुर नाका हुदै चोर वाटो नेपाल छिरेका थिए । वैसाख २६ गते गाउमा पुगे पछी पछी छीमेकीको साईकल लिएर आफै क्वारेनटाईन आएको वताए ।
(कोरोना संक्रमित युवासंगै कुराकानीमा आधारीत )

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६