एजेन्सी, ३० बैशाख । विश्वभर महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २५० पुगेको छ । कोरोना भाइरसबाट ४२ लाख ५३ हजार ८०२ जना संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । हालसम्म विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा कोरोना भाइरस फैलिएको पुष्टि भएको छ ।
संक्रमितमध्ये १५ लाख २७ हजार २९ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ३९ हजार ५२३ जनाको विश्वका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४६ हजार ९३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोना संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५३ हजार न। संक्रमितको संख्या १६ भन्दा धेरै पुगेको छ । त्यस्तै उत्तर अमेरिकी मुलुकहरुमा ९१ हजार भन्दा धेरैको मृत्यु भएको छ । एसियाली मुलुकहरुमा २२ हजार भन्दा धेरैको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुकहरुमा करिब १७ हजार बढीको मृत्यु भएको छ ।
सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७९५ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार भन्दा धेरै संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८५ हजार ८३४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया