एजेन्सी, ३० बैशाख । विश्व भर कोरानो कहरको रुपमा फैलिएको कोभिड–१९ बाट भारतमा ७० हजार बढी संक्रमित भएका छन् । त्यस्तै मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । एकैदिनमा थप ३ हजार ६०७ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७० हजार ७६८ पुगेको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । भारतका विभिन्न कोरोना अस्पतलाहरुमा ४५ हजार ९२५ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २२ हजार ५४९ जना निको भएर घर फर्किसकेको भारतीय स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ । आजैदेखि भारतमा सीमित संख्यामा रेल सेवा सञ्चालन हुदैछ । रेल सेवा संचालनले भारतमा कोरोना थप फैलने भन्दै केन्द्र सरकारको उक्त कदमको राज्यमन्त्रीहरुले विरोध गरेका छन् ।
प्रतिक्रिया