ब्रेकिंग न्युज

बिपत्तिका बेला पनि कपिलवस्तुमाथि उपेक्षा भन्दै सांसदहरु कडकिएपछि खटाइयो टोली पठाइयो कीट



कपिलवस्तु ३० बैशाख । तराइमा उखान छ जसको लाठी उसैको भैसी । लाठी हुनेले भैसी खेदेर लैजान सक्छ भन्ने उखान  नेपालको सार्वजनिक प्रशासनमा पनि चरितार्थ हुने गरेको  तथ्य पुन पुष्टि भएको छ । केहिदिन यता कोरोना संक्रमणको इमरजिङ इपिसेन्टर  कपिलवस्तु बन्दै गएपछि भयाभह अवस्था आएको भन्दै पूर्वमन्त्री चक्रपाणी खनालको नेतृत्वमा ३ वटै क्षेत्रवाट निर्वाचित सांसदहरु स्वास्थ्य सचिव यादव कोइरालाई भेट्न सोमवार मन्त्रालयमा पुग्नु भएको हो ।

    सचिवले कपिलवस्तुको मात्रै होइन देशभरको समस्या हो भनेपछि सांसदहरु बिपत्तिका बेला पनि कपिलवस्तुलाई उपेक्षा गर्नेभन्दै कडकिए केहिबेर गरमागरम छलफल भयो । अन्तवत्वगोत्वा  विषयगत बिज्ञ चिकित्सको नेतृत्वमा स्वास्थ्य टोली ,आरटिडी र पिसिआर कीट सहित पठाउन सचिव कोइराला प्रतिवद्ध हुनु भयो । सोही अनुसार सके सम्म मंगलवार नभए बुधवार स्वास्थ्यकर्मी  र कीट आईपुग्ने गरी सचिवले प्रतिबद्धता जनाउनु भएको पूर्व मन्त्री एवम कपिलवस्तु क्षेत्र नं १का सांसद चक्रपाणी खनाल बलदेवले वताउनु भएको छ ।

        मन्त्रालयमा उहासंगै क्षेत्र नं २का सांसद बृजेश कुमार गुप्ता र क्षेत्र नं ३ का सांसद अभिशेष प्रताप शाह समेत जानु भएको थियो । तीनवटै सांसदले सिमामा अलपत्र नागरिकको ब्यवस्थापन  तत्काल मिलाउन गृहमन्त्रीको समेत ध्यानकर्षण गराएको वताइएको छ । प्रदेश नं ५ को वाँके पछि कपिलवस्तु जिल्लामा कोरोना भाईरसको संक्रमण वढेपछि जिल्लाका संघीय सांसदहरुले रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयलाई गंभिर ध्यानाकर्षण गराएपछि यस्तो सहमति भएको हो  ।

    सांसद खनालले जिल्लामा जोखिम वढ्दै गएको हुदा त्यसको व्यवस्थापनका लागि आवश्यक पर्ने सवै कार्यहरु संघीय सरकारवाट हुने गरि काम भईरहेको तथा सिमा क्षेत्रमा रोकिराखिएका सवै नेपालीहरुको स्वास्थ्य जाँच गरि सम्वन्धीत स्थानीय पालीकाको क्वारेन्टाईन व्यवस्थापन गरि राख्ने गरि निष्कर्ष निकालिएको प्रेसपाटीलाई वताउनु भयो । पहिलो समस्या सिमामा रहेका नेपालीलाई व्यवस्थापन गर्ने हो भन्दै सांसद बृजेश कुमार गुप्ताले यसका लागि सवैको स्वास्थ्य जाँच गर्ने गरि कार्य अघि वढ्छ भन्नेमा आश्वस्त रहेको वताउनु भयो  ।

    जिल्लामा भएको समस्या समाधानका लागि हामीले केन्द्र सरकारसंग ध्यानाकर्षण संगै दवाव मुलक कार्य गरिरहेका छौ सांसद अभिशेष प्रताप शाहले भन्नु भयो  । जिल्लामा क्रमश संक्रमणदर फैलन गएको र रोकथामका लागि आवश्यक पर्ने किट लगाएतका समाग्री प्रयाप्त मात्रामा पठाउने गरि काम नहुदा भयाभह स्थिती आएकोले दवावमुलक भेटघाट गरेको सांसद खनालकोभनाइछ  ।  जिल्लामा सोमवार मात्रै १६ जनामा संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुमा  उच्च चासो देखाएर काम गर्न प्रतिबद्ध भएको हो । 

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६