विचार/ब्लग

वर्तमान अवस्था र यसले पारेको मनोवैज्ञानिक समस्या



देश लगडाउनमा छ मानिसहरु घर भित्र छ अधिकाशं मानिसहरु सामाजिक संजालको पहुँचमा छ , यता कोरोना भाईरस यसले पार्न सक्ने असर त छदै छ त्यस माथी आज भोली दैनिक रुपमा संचार माध्यमहरुमा छाई रहने विभिन्न हिंसात्मक घटनाका कारणले अझ दैनिक रुपमा वढदै गएको आत्महत्याको घटनाले  आम जनमानसमा नकारात्मक सोच र निरासा छाई  रहेको पाईन्छ, कतै सामुहिक वलात्कार, मावन शरीरमा जिउदै आगो लगाईएका घटना ,जिम्वेवार राष्ट् सेवक कर्मचारीवाटै हुने र्दुब्यवहार होस वा वोक्सीको आरोपमा गरिने शारीरिक तथा मानसिक  यातना या सानै उमेरमा वालवालिकावाट हुने वालविजाई होस् यस आम समुदायमा असर पारेको छ । 

        किन आज भोली यस्ता घटना वढदै गएका हुन , यसको मुख्य कारण के हो यसको न्यूनिकरणका लागि के उपाय छन त , सम्वन्धीत सरोकारवालाहरुले के कस्ता प्रयास गरेका छन ,यी र यस्तै खाले प्रश्न आम जनमानस उब्जीरहेका छन । चाहे त्यो घर भित्र हुने हिंसा होस वा समाज हुने हिंसा होस यसको न्यूनिकरणका लागि  क्षमता विकास र सचेतनाका लागि समेत राज्य तथा गैर राज्यले थुप्रै रकम र समय खर्च गरेको भए पनि यस्ता हिंसात्मक घटना घटनुको सट्टा वढेको पाईन्छ । हुन त तर्क गर्नेहरुले यी घटना नेपालमा भएको ससस्त्र द्धन्द्धको अवस्थामा भएका घटनाको तुलनामा केही पनी होईन भन्ने देखी घटना सधै घटेको भए पनि सूचना वाहिर नआएर नदेखिए हो भन्नेहरुको संख्या पनि कमी छैन । 

            यहाँ देखाउन खोजेको प्रसंग भनेको किन आज भोली  अपराध मनोवृत्तिको विकास भईरहेको छ त ? सुन्न पनि नसकिने र शरीर पुरै शिथिल हुने घटना आज किन हामीलाई भोग्न परेका छ त ? यी र यस्तै प्रश्नको एक उत्तर हाम्रो मनोविज्ञान नै हिंसात्मक र अराजक हुन थाल्यो । नेपालमा भएको शसस्त्र द्धन्द्धले अवश्य पनि  केही सकारात्मक परीणाम ल्याएको हुन सक्छ  तर पनि यसको एक असरको रुपमा  आम मानिसको मनमा अपराध भावनाको रुपमा जरो गाडि रहेको छ । आज समस्यामा केन्द्रीत छलफल हुदैन ,यहाँ त दवाव, धम्की, वदला, तिरस्कार र यसका लागी गुट ,उपगुट, र अराजकताले प्रस्रय पाई रहेको छ ।

        मानिसको मनमा सकारात्मक  विवेक युक्त कुराले वासै पाउन छोडयो, विहान देखी राती नसुत्ने वेला सम्म हामी देख्ने, सुन्ने, भोग्ने, पढने र छलफल गर्ने  भनेको नकारात्मक खाले घटना वा सूचनाहरु नै वढी  छन भने ,  हामीले राती सुत्ने वेलामा कसरी सकारात्मक कुरा सोच्न सक्दछौ ,स्कुल गयो हामी  त्यही सुन्छु ,अफिस गयो त्यही सुन्छु थुप्रै मजदुरले काम गर्ने ठाँउमा गयो त्यही सुन्छौ र अन्त्यमा सकारात्मक ब्यवहार र वोल्ली गर्ने हामी पनि भोली वाट त्यस्तै खाले कुरा गर्ने विवस हुन्छौ । महात्मा गान्धीले भन्नु भएको प्रसंग उपयुक्त हुन्छ होला “  म मेरो वोलीलाई सकारात्मक राख्दछु किन भने मेरो वोलिवाट मेरो व्यवहार वन्दछ, म मेरो व्यवहार सकारात्मक राख्दछु किन भने व्यवहारवाट मेरो जीवनमूल्य वन्दछ, म मेरो जीवनमूल्य सकारात्मक राख्दछु किनभने जीवनमूल्यवाट मेरो भविष्य वन्दछ । ” तर आज समाज भिन्न भई सकेको छ 

     हिंसात्मक सोचको असर  नेपाली समाजमा यस्तै रुपमा जरा गाडी सक्यो की राजनैतिक दलमा त्यस्तै अपराध मनोवृत्ति छ,  कार्यालयका काम मिलाउन गयो त्यहा सोझो र राम्रो कुराले महत्व पाउदैन, राजनैतिक दलका भातृ संगठनमा हेर्यो  त्यस्तै विचार भएकाहरुले अवसर पाएका  छन , जव सवै तिर यी र यस्तै खाले ब्यवहार भए पछि हामी  जीवन प्रति निरासा हुन्छौ, र हाम्रो अगाडी विकल्पको रुपमा देश छोडी वाहिरीनुु वा आफना भावनालाई तिलान्जली दिएर खुम्चेर वस्नु यी भन्दा केही गर्ने सकिदैन । 

        यदी हाम्रो नयाँ पूस्ताको भविष्य हेर्ने हो र नयाँ नेपालको परीकल्पना गर्ने हो भने अहिले र आजै देखि हिंसात्मक ब्यवहार ,अभिब्यक्ति र भावनालाई छोडेर अहिंसात्मक संचार लाई आत्मसाथ गर्दा सवैको भलो छ र हाम्रा सन्ततीको लागि  सकारात्मक संस्कार नासो सुम्पेर विदा होउ यसले नयाँ पुस्ताले सम्झी रहेने छन ।

                 लेखक :  वरीष्ठ मनोविमर्शकर्ता तथा मनोसामाजिक मनोविमर्श संघ नेपाल, संयोजक ,प्रदेश नम्वर ५ एवंम सिद्धार्थ सामाजिक विकास केन्द्र,कपिलवस्तु सगँ आवद्ध हुनुहुन्छ ।  

प्रकाशित : ३० बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६