जीवनशैली

कोरोना अस्पत्ताल कपिलवस्तुमा बनाउने बहश तीब्र: बुझाउला त कपिलवस्तुले १सय बेडको साँचो ?



कपिलवस्तु ३१ बैशाख । कोरोना अस्थायी अस्पत्ताल बुटवलमा उपचारकालागि बेड अभाव भएर अर्काे अस्पत्ताल बनाउनु पर्ने माग उठिरहेका  बखत कपिलवस्तुमा त्यस्तो अस्पत्ताल स्थापनाको दावि शुरु भएको छ । कपिलवस्तुवाट निर्वाचित संघिय सांसद एवम पूर्वमन्त्री चक्रपाणी खनाल बलदेवले काठमाण्डौमा रहेर सो अस्पत्तालकालागि आवश्यक उपकरणको ब्यवस्थापन कहाँवाट कसरी गर्ने भन्ने वारेमा छलफल चलाएको वताउनु भएकोछ । उहाले उपकरण लगायतका श्रोत साधन जुटाउन सकिने वताउदै उहाले प्रेसपाटीसंग भन्नु भयो कुन ठाउमा राख्ने भवनको ब्यवस्था कसरी मिलाउने भन्ने वारेमा स्थानीय सरकारहरुसंग आवश्यक छलफल जारी  रहेको छ  । 

            यता प्रदेश सांसद बिष्णु पन्थीले समाजिक मिडियामा १५ दिनमा ५० बेडको अस्पत्ताल र अर्काे १५ दिनमा थप ५० बेड गरि १०० बेडको अस्पत्ताल वनाएर प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कामको नेतृत्व लिन तयार भएको प्रष्टयाउनु भएको  छ । उहाले लेख्नु भएको छ —“चीनले सार्समा एक हप्ता र अहिले कोरोनामा दुनियाँ र आफ्नो  समेत रेकर्ड तोडेर ६ दिनमा नै एक हजार (१००० ) बेडको अस्पताल बनाएको थियोे भने हामिले पनि कोरोनाको फाइदा लिनु पर्छ । नेपाली रेकर्ड तोडेर पहिलो १५ दिनमा ५० र अर्को १५ दिनमा ५० गरी एक (१) महिनामा कुल १०० बेडको धेरै राम्रो सुबिधाजन्य बगैचा सहितको रिसोर्ट जस्तो देखिने कोरोना विशेष अस्पताल कपिलवस्तुमा बनाएर प्रदेश सरकारलाई साचो बुझाउने कामको नेतृत्व रजिम्मेवारी लिन म तयार छु ।”

        यता प्रदेश सांसद अर्जुन केसी पनि कपिलवस्तुमा कोरोना अस्पत्ताल वनाउनु पर्ने पक्षमा कृयासिल  हुनु भएको छ । उहाले कपिलवस्तुको पश्चिमी भेगमा स्थापना गर्न भवन नभएको बताउदै बाणगंगाको पिपरा अस्पत्ताल वा कपिलवस्तु सामुदायिक अस्पत्ताललाई कोरोना अस्पत्ताल वनाउदा राम्रो हुने तर्क गर्नु भयो । उहाले अझ राम्रो त तौलिहवा अस्पत्ताललाई नै कोरोना अस्पत्ताल बनाउदा हुन्छ भन्ने तर्क गर्नु भयो । यो विषयमा विभागिय मन्त्री र मुख्यमन्त्रीसंग छलफल गर्ने उहाले प्रष्टाउनु भयो । 

यो संगै अव कपिलवस्तुमा कोरोना अस्पत्ताल बनाउन जरुरी रहेको तथ्यले पनि पुष्टि गरेको छ । कपिलवस्तुमा धमाधम संक्रमित बढेका छन् । भारतवाट हजारौंको संख्यामा आएका छन् । थपिने क्रम जारीछ । करिव ५ हजार जना यतिबेला क्वारेण्टाइनमा छन् । यो संख्या बढेर १०÷१५ हजार सम्म पुग्न सक्ने स्थानीयतहहरुको आकलन छ । संक्रमणको दर अहिले भन्दा केहि बृद्धि भएपनि ५ सय १००० जना सम्म संक्रमित हुनु कपिलवस्तुका लागि स्वभाविक मान्नु पर्ने स्थिती आउदैछ । यस्तो बेलामा प्रदेश सरकारले पनि महामारीको नयाँ इपिसेन्टर बन्ने बाध्यतामा कपिलवस्तुमा कोरोना अस्पत्ताल स्थापनाको औपचारीक निर्णय गरेर कपिलवस्तुवासीको पीडामा मलम लगाउन सक्नु पर्छ । 

        यस्तै मुख्यमन्त्री शंकर पोख्रेलले कोरोना संक्रमित भेटिनु सुरिक्षित हुनु हो सचेत बनौ त्रसित नबनौ भन्दै फेसबुक मार्फत सबैमा सन्त्वना दिनु भएको छ । कोरोना संक्रमितलाई अस्पत्ताल ल्याउनु भनेको सुरक्षित तरिकाले उपचार हुनुहो भन्दै मुख्यमन्त्री पोख्रेलले कोरोना अस्पत्तालवाट कोरोना फैलिएको पुष्टि नभएकाले अस्पत्ताल सुरक्षित भएको प्रष्टयाउनु भएको छ । त्यही सुरक्षित हुने अस्पत्ताल कपिलवस्तुमा स्थापना गर्न  मुख्यमन्त्रीको सकारात्मक योगदान यतिबेला कपिलवस्तुवासीले अपेक्षा गरेका छन् । 

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६