ब्रेकिंग न्युज

नेकपाको स्थायी कमिटी बैठक भिम रावलका कारण स्थगन



काठमाडौँ ३१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ ।  सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको  नेकपाका स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा केही महिनाअघि सम्म खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । सोही कारण देखाउँदै कोरोना भाइरसको जोखिम रहेको भनेर बुधबारका लागि तय भएको बैठक स्थगित गरिएको हो ।कोरोना भाइरसको संक्रमणको खतराका कारण बैठक अन्तिम समयमा आएर स्थगित गर्नुपरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।सबै सांसदहरुको कोरोना परीक्षण गरिएको भए पनि केही नेकपाका स्थायी कमिटी सदस्यहरुको परीक्षण नभएकोले बैठक स्थगित गरिएको उनले बताए ।

          तर स्थायी कमिटी बैठक स्थगित हुनुको खास कारण भने प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीको आफू बचाउ रणनीति रहेको बुझिएको छ ।स्थायी कमिटी बैठक आफ्नाविरुद्ध भएको निचोडका साथ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बैठक तत्कालै नराख्ने पक्षमा उभिका थिए ।अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा हुने सम्भावित विरोध र आलोचनाको जिम्मेवारी आफैले लिने बाचा गरेपछि ओली बैठक राख्न तयार भएका थिए ।यस्तै बिरामी ओलीलाई बालुटारबाट छोडेर धुम्बाराही जानु जोखिम पूर्ण ठानिएको थियो। उनका निजी चिकित्सकले उनलाई त्यहाँ जान अनुमति दिएका थिएनन् । यहि कारण पनि बैठक स्थगित भएको हो ।

      यस्तै बैठक स्थगित हुनुको अर्को कारण उपत्यकामा फेरि कोरोना भाइरसको संक्रमण देखिनु पनि हो । यस्तो बेलामा बैठक राख्न नहुने सुझाव ओलीलाई दिइएको स्रोतले बताएको छ ।यसैगरी ओलीका कटु आलोचक नेता भीम रावलका सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण देखियो। सांसदको कोरोना भाइरस परीक्षण भए पनि नेकपा अन्य स्थायी कमिटी सदस्यको कोरोना भाइरस परीक्षण नभएको बहाना बनाइएको हो ।त्यसैले ओलीले बैठकको निर्धारित समय भन्दा दुई घन्टा अघि ‘कोरोना भाइरसको त्रास बढ्यो, बैठक स्थगित गर्नु पर्ने भयो’ भन्दै ओलीले प्रचण्डलाई फोन गरेका थिए । प्रचण्डले पनि नाइ भन्न नसकेको पार्टी स्रोतले बताएको छ ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६