कपिलवस्तु ३१ बैशाख । बुधबार थप दुई जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूष र राष्ट्यि प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षण अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालीका वडा नं. ५ का २२ बर्षिय पुरूषमा कोरोना पुष्टि भएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो दिएको जानकारीअनुसार अब कोरोना संक्रमितको संख्या दुई सय १९ पुगेको छ।नयाँ थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताउनुभयो।
३१ बैशाख २०७७, बुधबार
प्रतिक्रिया