काठमाडौं, ३१ बैशाख । नेपाल आयल निगमले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निजी पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै खोलिने भएको छ । बुधबार नेपाल आयल निगमले सरकारी तथा सहकारी क्षेत्रबाट संचालित बाहेक अन्य पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्रै संचालन गर्ने निर्णय गरेको छ ।
निगमका अनुसार जिल्लाबाट समन्वय गरी एउटा पेट्रोलपम्म हप्तामा संचालन गर्न मिल्ने गरी बार मिलाइने भएको छ। निगममा कार्यरत सम्पूर्ण कर्मचारीको १ लाख बराबरको कोरोना बीमा गरिदिने निर्णय पनि निगमले गरेको जनाएको छ ।
प्रतिक्रिया