ब्रेकिंग न्युज

कपिलवस्तुको कृष्णनगरमा नयाँ ८ र रुपन्देहीमा १२ संक्रमित थपिए



काठमाडौं, ३१ बैशाख । कोरोना संक्रमण बढ्दै जाँदा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका छन् । संक्रमित आठ जना कपिलवस्तुको कृष्णनगर स्थित क्वारेण्टाइनका भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ । यो संगै कपिलवस्तुमा संक्रमितको संख्या ३८ पुगेको छ । संक्रमित मध्ये  १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा,  एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    थपिएका २४ संक्रमितमध्ये २० जना पुरुष र ४ जना महिला छन्। उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो। आजै मध्यान्न दुई जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना बाँके र अर्का कपिलवस्तुका हुन्। यीसहित बुधबार कुल २६ जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ। यो संगै कपिलवस्त’मा संक्रमितको संख्या ३८ प’गेकोछ .  संक्रमितहरुको उमेर समुह ४ वर्षदेखि ७४ वर्ष सम्मका रहेका छन् ।यो संगै रुपन्देहीमा संक्रमितको संख्या २८ पुगेको छ । 

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६