ब्रेकिंग न्युज

प्रदेश ५ : कोरोना संक्रमणको डेन्जर जोनमा कपिलवस्तु ,अव के गर्नु पर्ला ?



कपिलवस्तु १ जेठ ।कपिलवस्तुमा कोरोना संक्रमणका विरामी ३९  जना  पुगेका छन् । ती मध्ये ३२ जना भारतवाट आएर क्वारेण्टाइनमा वसेका हुन् ।  ६ जना दैनिक काममा धेरैसंग संपर्कमा रहेका ब्यक्ति हुन् ।एकजना ६ बर्षकी बालिका हुन्।  दैनिक कामकाजमा खटेका र आफ्नै घर वा डेरावाट आवत जावत गर्ने ६ जनाका कारण कोरोना संक्रमण भित्रभित्रै फैलिएको आशंका गरिएकोछ । पछिल्लो पटक कृष्णनगरमा संक्रमण फेला परेका ८ मध्ये ४ जना सुरक्षाकर्मी हुन् । त्यसमा पनि एक जना प्रहरीका चालक हुन । चालक नै संक्रमण पुष्टि भएपछि उनले हाकेको गाडीमा दर्जनौ प्रहरी बसेको स्पष्ट हुन्छ । कहिले काही केहि अरु ब्यक्ति पनि  बसेका वा उनीसंग नजिकको संपर्कमा आएका हुन सक्छन् । जसका कारण संक्रमण धेरैमा फैलिएको हुन सक्छ । 

        अर्का एकजना कृष्णनगरनगर पालिकामा कार्यरत कर्मचारी हुन। उनी यस बीचमा राहत वितरण र भारतवाट आएकाको उद्धार र क्वारेण्टाइनमा राख्ने कार्यमा सकृय थिए । जसका करण पनि संक्रमण धेरैका बीच फैलिएको हुन सक्छ । यता कपिलवस्तुको कोरोना संक्रमित नर्स संक्रमणको नतिजा आउदा सम्म दैनिक कामकाजमा तौलिहवाा अस्पत्तालमा कार्यरत थिइन । उनी आफ्नै घरवाट आवत जावत गरेर काम गर्थिन ।संक्रमित नर्सको परिवार सकृय राजनैतिक र सामाजिक पृष्ठभुमीमा जोडिएको छ । उनलाई  उपचारको लागी कोरोना अस्पत्ताल बुटवल पठाइएको छैन । तौलिहवा अस्पताल मै राखिएको छ ।कोरोना संक्रमित नर्सका  घरका सदस्य अझै पनि क्वारेन्टाईनमा वसेका छैनन । 

            यता  रुपन्देहीमा बुधबार पुष्टि भएका कोरोना संक्रमित मध्ये १० जना एउटै टोलका रहेका छन् । ति मध्ये ९ जना एउटै परिवारका हुन् । रुपन्देहीको गैंडहवा गाउंपालिका वडा नंं २ जोगडाका उनिहरु बैशाख २५ गते मात्रै भारतको मुम्बईबाट गाडी रिजर्भ गरि आएका थिए ।मुम्बईबाट आएका एउटा परिवारका १७ जनामा ९ जनामा संक्रमण पुष्टि भएको छ भने उनिहरुसंगै मुम्बईबाट आएका सोहि टोलका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु सबै गाउंपालिकाको वडा नं. २ स्थीत जोगडा माविमा बनाएको क्वारेन्टाईनमा बसेका थिए ।ति मध्ये सातजना पुरुष र तिनजना महिला रहेका छन् । संक्रमित मध्ये ४ वर्षदेखि ४१ वर्ष उमेर समुहका छन् ।त्यसैगरी रुपन्देहीमा संक्रमण पुष्टि भएका अन्य दुईजना मध्ये एकजना कपिलवस्तुका र एकजना भारतिय नागरिक रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्ट्रल कन्ट्रोल निरिक्षक केदारनाथ शाहले जानकारी दिए ।

            शैक्षिक तालिमकेन्द्र भैरहवाको क्वारेन्टाईनमा बसेका भारतिय नागरिकलाई ज्वरो आएपछि भैरहवा स्थीत भिम अस्पतालमा रहेको आईसोलेसनमा भर्ना भएका थिए ।रुपन्देहीका संक्रमितहरुको भैरहवा स्थीत प्रादेशिक प्रयोगशालामा स्वाव परिक्षण गरिएको थियो । यो संगै रुपन्देहीमा संक्रमितहरुको संख्या २८ पुगेको छ ।प्रदेश ५ मा रहेका तराईका ६ जिल्लामध्ये दाङ बाहेक पांच वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ । हालसम्म प्रदेश ५ मा संक्रमितहरुको संख्या ९३ पुगेको छ ।

दैनिक जनसंपर्कमा रहेका नगरिकहरुमा संक्रमण पुष्टि भएवाट के स्पष्ट हुन्छ भने प्रदेश ५ का संक्रमण फैलिएक जिल्ला मध्ये कपिलवस्तु सबै भन्दा खतराको सूचीमा पुगेको छ ।यस्तो बेलामा कपिलवस्तुलाई प्रदेश ५ कै सबैभन्दा प्रथमिकतामा राखेर पिसिआर परिक्षणको दर तीब्र पार्नु पर्ने स्पष्ट भएकोछ । 

        कपिलवस्तुका दैनिक जनसंपर्कमा रहेका आधा दर्जन पत्रकारले आफ्नै अफिसलाई क्वारेण्टइन वनाएर घरपरिवारवाट अलग भएका छन् । पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसलले कपिलवस्तु डेन्जर जोनमा धकेलिएकाले आरडिटी र पिसिआर परिक्षण तीब्र पार्न सरकारसंग माग गर्नु भएको छ । 

 

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६