लुम्बिनी

भीम अस्पताललाई व्यवसायीद्वारा स्वास्थ्य सामग्री, १९ कोरोना बिरामीको उपचार हुँदै



भैरहवा, १ जेठ ।  युवा व्यवसायी सुनिल रायमाझीले भैरहवास्थित भीम अस्पताललाई यस्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गर्नुभएको छ । होटल निर्वाणाका अध्यक्ष रायमाझीले अस्पताल सञ्चालक समिति सदस्यसमेत रहनुभएका सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीलाई आज पाँच थान पिपिई, एक हजार थान मास्क, एक थान थर्मल गन र पञ्जा हस्तान्तरण गर्नुभएको हो ।  

            प्रदेश कोरोना विशेष अस्पतालका रुपमा सञ्चालित उक्त अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको प्रयोजनार्थ आफूले उक्त सामग्री प्रदान गरेको व्यवसायी रायमाझीले बताउनुभयो ।   कोरोनाका लागि २८ शय्या सन्चालनमा  रहेको उक्त अस्पतालमा हाल कोरोना पोजिटिभ देखिएका १९ बिरामीको उपचार भइरहेको छ।  अस्पतालमा कपिलवस्तुका चार,  रुपन्देही गैडहवा गाउँपालिकाका १०, लुम्बिनी सांस्कृतिक नगरपालिकाका चार र एक  भारतीय गरी कुल १९ जना कोरोना पोजिटिभ बिरामीको उपचार भइरहेको भीम अस्पतालले जनाएको छ । 

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६