बाजुरा, १ जेठ । बाजुरामा किट अभाव भएपछि कोरानो भाइरको परीक्षण नै रोकिएको छ । अहिले बाजुरामा आरडिटी किटको अभाव भएको छ । किट अभावमा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ । १४ दिन क्वारेन्टाइनको बासपछि अनिवार्य रुपमा आरडिटी जाँच गरेर मात्र घर पठाउनुपर्ने प्रावधान छ । तर किट अभावका कारण परीक्षण नै नगरी घर पठाइएको हो ।
जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टाइनबाट १६० जनालाई आरडिटी परीक्षण नै नगरी घर पठाइएको छ । किट नभएकै कारण बाध्य भएर सात दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने सल्लाहसहित उनीहरुलाई घर पठाउनुपरेको स्वास्थ्य कार्यालय बाजुराले स्वीकार गरेको छ । जिल्लामा किट अभावका कारण दुई सातादेखि ¥यापिड जाँच रोकिएको छ । हालसम्म भारतलगायत अन्य मुलुकबाट एक हजार १६२ नागरिक जिल्ला भित्रिएका छन् । प्रदेश सरकारले हालसम्म कोरोना परीक्षणका लागि एक हजार ३०० मात्रै किट पठाएको छ ।
किट अभावकै कारण कोरोना जाँच हुनसकेको छैन । भारतबाट आएकालाई ¥यापिड जाँचबिना नै पठाइएकाले गाउँमा जोखिम बढ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया