रसुवा १ जेष्ठ । रसुवाका दुई अस्पतालमा स्वाब कलेक्सन बुथ सञ्चालनमा आएको छ । स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण हुनबाट जोगाउन धुन्चेमा रहेको रसुवा अस्पताल र जीवजीवेमा रहेको जीवजीवे ग्रामीण अस्पतालमा बुथ सञ्चालन ल्याइएको हो । नेपाल इन्जिनियरिङ एसोसिएसन वाग्मती प्रदेशले दुईवटा अस्पताललाई बुथ हस्तान्तरण गरेको हो । कोरोनाको शंकास्पद बिरामीको स्वाब कलेक्सनको लागि बुथ सञ्चालनमा ल्याइएको इन्जिनियर विकास भट्टले बताउनुभयो ।
बिरामीबाट स्वास्थ्यकर्मीलाई कोरोना सर्नसक्ने जोखिम न्यूनीकरण गर्नका लागि बुथ सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । यसअघि स्वास्थ्यकर्मीले बिरामीलाई छोएरै स्वाब संकलन गर्दै आएका थिए । बुथ सञ्चालनमा आएसँगै स्वाब संकलन गर्दा बिरामी र स्वास्थ्यकर्मी बीच प्रत्यक्ष भेट नहुने भएको छ । यसले पछिका दिनमा अन्य सरुवा रोगको नमुना संकलन गर्दा समेत सहयोग पु¥याउने विश्वास लिइएको छ । बुथमा इनलेट अक्सिजन र आउटलेट अक्सिजनको व्यवस्था छ । जसबाट बुथभित्र रहने स्वास्थ्यकर्मीलाई पर्याप्त अक्सिजन प्राप्त हन्छ ।
प्रतिक्रिया