रुपन्देही, १ जेठ । रुपन्देहीको गैडहवा पालिका बन्द गरिने भएको छ । कोरोना संक्रमण देखिएपछि गैडहवा गाउँपालिका बन्द गरिने निर्णय भएको छ । बुधबार दश जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज बसेको विपद् व्यस्थापन समितिको बैठकले शुक्रबारदेखि यही जेठ ५ गतेसम्म पूर्णरुपमा सिल गर्ने निर्णय गरेको हो ।पालिकामा सवारी आवागमन, व्यवसाय सञ्चालन र आवतजावतमा पूर्णरुपमा रोक लगाइएको पालिकाका अध्यक्ष बच्छुलाल केवटले जानकारी दिनुभयो ।
मंगलबार रुपन्देहीको भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा दश जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनीहरु एक हप्ताअघि भारतको मुम्बईबाट आएका थिए । प्रदेश नं. ५ मा ९५ जना कोरोना संक्रमित भएसँगै व्यवस्थापनमा चुनौती थपिएको छ ।
प्रतिक्रिया