ब्रेकिंग न्युज

३ बालिकामाथि यौन दुराचार प्रकरण : दर्जन अधिकारवादी सँस्थाले भने न्याय हराएकै हो ?



कपिलवस्तु १ जेठ   कपिलवस्तुका १ दर्जन अधिकारवादी सस्थाले राज्यका कतिपय निकायका कारण पीडितले पाउने न्यायको आस हराएकै होकी भन्ने संकेत मिलेको जनाएका छन् । उनीहरुले एक विज्ञप्ती   जारी गर्दै  विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट सिंगो संसार सहित नेपाल पनि आक्रान्त भइरहेको यस विषम परिस्थितिमा मानविय करुणाभाव जागृतभई बालबालिकाका हकअधिकारहरु अझैवढि  सुनिश्चित हुनु पर्नेमा उनीहरु असुरक्षित बनेको औल्याएका  छन् ।साथै वाल अधिकार संरक्षित हुनुपर्नेमा जिल्ला वाणगंगा नगरपालिका वार्ड नं ४ गजेहडा लगायतका विभिन्न स्थानहरुमा भएका वालयौन दुराचारका घटनाले यस्तो आशंका  बढेका र पिडितहरुले न्यायको आशा कमहुदै गएको आभाष भएको वताएका हुन् ।  


        बालयौन दुराचार आरोपित छुटेको विभिन्न माध्यमबाट आवाज उठेको प्रति मानव अधिकारकर्मि लगायत विभिन्न नागरिक संघ संस्थाहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्  । यसै सन्दर्भमा घटनाको सत्य तथ्य पत्ता लगाइ दोषि लाइ कानून बमोजिम कार्वाहिको लागि सम्वन्धित पक्षको ध्यानाकर्षण गर्नुका साथै  कानुनी राज्यको पूर्ण प्रत्याभूति सहित भयरहित वातावरणमा नागरिकको बाँच्न पाउने मौलिक हक सहितको मानव अधिकारको प्रत्याभूतिका लागि यस विज्ञप्ती मार्फत हार्दिक अपिल गर्दछौ  भनिएकोछ ।   साथै यस  विषम परिस्थितिमा सबै नागरिकहरुलाई स्थानीय तथा संघिय सरकारले निर्देशन गरेअनुसार आफ्नै घरमा बसि महामारीलाई परास्त गर्ने अभियानमा देखाएको ऐक्यबद्धतालाई निरन्तरता दिन समेत अपिल गर्दछौ भनिएकोछ । 

        त्यसरी विज्ञप्ती जारी गर्ने सस्थाहरुमा मानव अधिकार एलाइन्सका पोमनारायण पौडेल र रोमाकान्त घिमिरे , नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाई,शिद्धार्थका तेज प्रसाद आचार्य,शान्तिकालगि नागरिक मञ्चका रविन्द्र नाथ ठाकुर, पत्रकार महासंघ, जिल्ला शाखाका डिलाराम भुसाल उपभोक्ता हित संरक्षण मञ्च, कपिलवस्तुका भेषराज पाण्डे,अधिकारकर्मी सूर्यकुमारी शाही माउन्ट एभरेष्ट सामाजिक विकास संस्थाका  लक्ष्मण बेल्वासे  इन्सेक, क.वका  पार्वती आचार्य ,एकल महिला समूह, कपिलवस्तुक रुपादेवी राई,  अन्तर पार्टी महिला सञ्जाल, कपिलवस्तु चेतना अधिकारी  र महिला अधिकार मञ्चका  राधा पौडेल रहनु भएको छ । यता प्रहरीले मुद्धा कमजोर बनाएर अदालतमा पेश गरेपछि एकजना अभियुक्त छुटेको आक्रोसमा गजेहडाका महिलाले प्रहरी चौकी गजेहडामा ताला लगाएका छन् । स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै कपिलवस्तुमा महिला आन्दोलनमा उत्रिएका छन् । प्रहरीविरुद्ध नाराबाजी गर्दै आन्दोलित महिलाले वाणगङ्गा नगरपालिका–४, गजेहडा चौकी घेराउ गरेका हुन् ।

        वाणगङ्गा, गजेहडाका ती बालिकालाई यौन दुराचार गर्ने दुईमध्ये एक जना अदालतबाट कुनै सजायविना छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाले प्रहरीचौकी घेराउ गरी नाराबाजी गरेका हुन् ।स्थानीयवासी १७ वर्ष ६ महिनाका किशोर र अर्का ४२ वर्षीय पुरुषले ८ देखि १० वर्षका बालिकालाई लामो समयदेखि यौन दुराचार गर्दै आएको भन्दै पीडितबाट करीब २२ दिनअघि प्रहरीमा जाहेरी परेको थियो । पीडित बालिकाहरुले आफूहरुलाई अभियुक्तले यौन दुव्र्यहार गरेको प्रहरीसमक्ष बयान दिएका थिए । उनीहरुले पीडितले न्याय पाउनैपर्छ भन्दै नाराबाजी गर्दै प्रहरीलाई भित्र थुनेर चौकीमा ताला लगाइदिएका छन् ।

        प्रहरीले पीडकसंँग रकम खाएर मुद्दा कमजोर बनाएको महिलाको आरोप छ । जिल्ला अदालत कपिलवस्तुले बुधबार अन्तिम फैसला नहुन्जेल ती किशोरलाई अभिभावकको जिम्मा लगाइछाड्ने आदेश दिएको आन्दोलनकारी महिलाको भनाइ छ ।सोहीअनुसार पीडक भनिएका किशोर छुटेर गाउँमै आएपछि ती बालिका थप असुरक्षित भएको भन्दै महिलाहरुले न्यायको मागसहित प्रहरीमा घेराउ गरेका हुन् ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६