प्रदेश

एउटै जिल्लाभित्रको पास पनि रद्द अत्यावश्क काम परे के गर्ने ?



काठमाडौं, १ जेठ ।  जिल्लाकै एउटा स्थानबाट अर्को स्थानमा जानसमेत नपाइने भएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास रद्द गर्ने निर्णय गरेको हो । 

            कुनै पनि व्यक्तिलाई अत्यावश्यक कामका लागि बाहिर निस्कनुपरेमा नजिकैका प्रहरीलाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताउनुभयो । मन्त्रालयले आजबाट एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न रोक लगाएको छ । मन्त्रालयमा आज नै उपत्यकाका नगरपालिकाका प्रमुखहरुसँग अहिलेको अवस्थामा स्थानीय तहको भूमिकाका सम्बन्धमा छलफल गरिएको थियो । देशभर कोरोना भाइरसको संक्रमण बढेपछि सबै पासहरु रद्द गरिएको बताइएको छ ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६