एजेन्सी, २ जेठ । विश्वभर कोरोना कहरको रुप लिदै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार ७० पुगेको छ । विश्वका २१३ मुलुकफैलिएको कोरोना भाइरसबाट ४५ लाख २१ हजार १७४ जना संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ । बितेको २४ घण्टामा ५ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् भने ९४ हजार भन्दा धेरै नयाँ संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विहान सम्म संक्रमितमध्ये १७ लाख २ हजार ११३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ७० हजार ४२५ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ५६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ५९ हजार भन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख १८ हजार भन्दा धेरै छ। उत्तर अमेरिकी मुलुकहरुमा ९७ हजार बढीको मृत्यु भएको छ । यस्तै एसियाली मुलुकहरुमा २५ हजार भन्दा धेरैको मृत्यु भएको छ । यस्तै दक्षिण अमेरिकी मुलुकहरुमा २० हजार भन्दा धेरैको मृत्यु भई सकेको छ । अफ्रिकी मुलुकहरुमा २ हजार भन्दा धेरैको मृत्यु भएको छ ।
कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा ८६ हजार ९ सय को मृत्यु भएको छ । अमेरिकामा कुलसंक्रमितको संख्या १४ लाख ५५ हजार ७४५ पुगेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कहिले नियन्त्रणमा आउँछ भन्ने विषयमा वैज्ञानिकहरुले कुनै दाबी गर्न सकेका छैनन ।
प्रतिक्रिया