एजेन्सी, २ जेठ । बंगलादेशस्थित रोहिंग्याहरू रहेको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ठूलो शरणार्थी शिविरमा कोरोना पोजेटिभ देखिएपछि बंगादेशमा चिन्ता बढेको छ । बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका दुई जना रोहिंग्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । क्याम्पमा बस्ने १ हजार ९ सय शरणार्थीहरूलाई पनि आइसोलेसनमा राखिएको छ ।
बीबीसीका अनुसार उक्त स्थानमा प्रति वर्गकिलोमिटर ४० हजार देखि ७० हजारसम्म शरणार्थीको बसोबास गर्ने गर्दछन् । म्यानमारमा जातिय हिंसा भएपछि सन् २०१७ मा १० लाख हाराहारी रोहिग्या भागेर बंगलादेश पुगेका थिए । सघन बसोबास रहेको शरणार्थी क्याम्पमै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँ लाखौं मानिसमा संक्रमणको खतरा हुन सक्ने बताइएको छ ।
प्रतिक्रिया