जुम्ला, २ जेठ । जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा गराउन थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगर प्रमुख सेजुवाल रु एकएक लाखको कोरोना बीमा गर्ने यहाँका पहिलो जनप्रतिनिधि भएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेशका प्रबन्धक ऋषिराम पाण्डेले बताउनुभयो । कर्णालीका सबै जिल्लामा कोरोना बीमा शुरु भइसकेको छ ।
प्रतिक्रिया