वुद्धभुमी
वुद्धभुमीको मकैमा अमेरीकी फौजी पसे पछी कृषकहरु चिन्तीत भएका छन । वुद्धभुमी नगरपालिकाको वडा नं. १ मा करिव ११० हेक्टर खेतमा लगाएको मकैमा अमेरीकी फौजी किराको प्रकोप भएको छ । करिव २५० कृषकहरुको मकै उत्पादन घटने भएको छ ।
नगरपालिका कृषी अधिकृत देविराम वेल्वासे कृषकको मकै वारीको अवलोकन समेत गरेका थिए । किराको संक्रमण रोक्नको लागी नामको कोवरा नामको वायो किट नासक औषधी प्रयोग गर्न सिफारीस गरेका छन । कृषी ज्ञान केन्द्र र वुद्धभुमी नगरपालिकावाट ३५० थान किटनासक औषधी सहयोग भएको मोहन केवटले वताउनु भयो । उक्त औषधी रविलाल घिमिरे र टिकाराम घिमिरेको सहयोग लिएर कृषकलाई वितरण गरेको केवटले वताउनु भयो ।
प्रतिक्रिया