ब्रेकिंग न्युज

बाणगंगाकी बालिकाको सम्पर्कमा आएका कपिलवस्तु र काठमाडौंका स्वास्थ्यकर्मी सहित ९१ जना क्वारेन्टाइनमा



कपिलवस्तु, २ जेठ । कपिलवस्तु बाणगंगा–४ की ६ वर्षीय बालिकाको सम्पर्कमा आएका कपिलवस्तु र काठमाडौं गरी ९१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बालिकाको सम्पर्कमा आएका कपिलवस्तुका ८ र काठमाडौंका ८३ जना गरी ९१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइन बस्नेमा काठमाडौंमा  बालिकाका सम्पर्कमा आएका ४९ स्वास्थ्यकर्मी र कुरुवा लगायत ३४ जना रहेका छन् ।

         त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोभिड–१९ संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ४९ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । बालिका ३ दिनअघि घाँटीको शल्यक्रियाका लागि अस्पताल आएकी थिइन् । बिरामी उच्च जोखिमको क्षेत्रबाट आएकाले उनको स्वाबको नमुना पीसीआर परीक्षणका लागि अस्पतालले पठाएको थियो ।

        अस्पतालको कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले  बालिकाको सम्पर्कमा आएका ४९ जना स्वास्थ्यकर्मी, बिरामी र कुरुवासमेत गरी ८३ जनाको घाँटीको र्‍यालको नमुना पीसीआर परीक्षण गर्न संकलन गरिएको छ । ४९ जना स्वास्थ्यकर्मीको अहिले पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आए पनि दुई सातासम्म क्वारेन्टाइनमै राखिने छ । 

            यता कपिलवस्तुमा बालिकाको सम्पर्कमा आएका क्वारेन्टाइनमा राखिएकाहरुको स्वाव संकलनका लागि पहल भइरहेको र जतिसक्दो चाडो स्वाव संकलन गरिने बाणगंगा नगरपालिकाका उप मेयर चक्र अर्यालले बताउनुभयो । बालिकाको सम्पर्कमा आएका ८ जनालाई गजेहडा मा.वि. स्थित क्वारेन्टाइनमा राखिएको अर्यालले जानकारी दिनुभयो । बैशाख २७ गते बालिका गएको दूधको ट्याङ्ककर र चालकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको छ भने गजेहडा स्थित ट्वीन्स डेरी पसल सिल गरिएको छ ।कपिलवस्तुमा कोरोनाका ३९ जना संक्रमित फेला परेका छन् । 

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६