कपिलवस्तु २ जेठ ।कपिलवस्तुको साविक मोतिपुरको चप्पर गाउमा भर्खरै बन्दै गरेको साना किसान कृषि सहकारी सस्था लिमिटेडको भवनलाई कम्तीमा ५० देखि १ सय बेडको कोरोना उपचार अस्पत्ताल बनाउन अध्ययन शुरु भएको छ । प्रदेश ५ का सांसद बिष्णु पन्थी सहितको टोलीले उक्त भवनको अनुगमन गरेको हो । अनुगमनपछि सांसद पन्थीले प्रेसपाटीसंग भन्नु भयो सो सहकारीका अध्यक्ष र ब्यवस्थापकलाई आवश्यक निर्णय गरेर उपलब्ध गराउन भनिएको छ उहाहरु सकारात्मक नै हुनुहुन्छ ।
कपिलवस्तुमा कोरोना संक्रमणको महामारी देखिने संकेतका आधारमा तौलिहवामा ५० बेडको अस्पत्ताल बनाउने आवश्यक निर्णय भई सकेको छ भने बाणगंगामा पनि यस्तै अस्पत्ताल बनाउन पहल भएको हो । यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल सहितको सुरक्षा टोलीलाई अनुगमन गर्न भनिएको वताउदै उहाहरुले हेरेपछि आवश्यक निर्णय प्रकृयामा जान्छ सांसद पन्थीले भन्नु भयो । यो संगै साना किसान कृषि सहकारी कोरोना अस्पत्ताल बन्ला त ? भन्ने प्रश्न खडा भएकोछ । सहज उत्तर पाउन निर्णय हुनु र कार्यान्वयनमा जानु आवश्यक छ ।
प्रतिक्रिया