ब्रेकिंग न्युज

कांग्रेस नेता बस्नेतको निधन



लमही, २ जेष्ठ । नेपाली कांग्रेसका नेता तथा प्रजातान्त्रिक योद्धा  तेजबहादुर बस्नेतको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित उहाँको ६६ वर्षका उमेरमा  बिहान ७ बजे काठमाडौँमा निधन भएको छोरा दीपले जानकारी दिनुभयो । बस्नेत नियमित डायलायसिस गर्ने भएपछि काठमाडौँमा बस्दै आउनुभएको थियो । विद्यार्थीकालदेखि नै राजनीतिमा लाग्नुभएका बस्नेत प्रजातन्त्र प्राप्तिका लागि  लामो समय कारागार बस्नुभएको थियो ।  त्यागी नेता बस्नेत महासमिति सदस्य र क्षेत्रीय सभापतिसमेत हुनुभएको थियो ।

                उहाँले हेटौँडा सिमेन्ट कारखानाको कार्यसमिति सदस्यलगायत  विभिन्न  निकायमा रहेर काम गर्नुभएको थियो । उहाँको दाहसंस्कार दाङको  शीतलपुरघाटमा गरिने परिवारले जनाएको छ । बस्नेतको निधनप्रति  कांग्रेस दाङले दुःख व्यक्त गरेको छ । पार्टी जिल्ला सभापति कीर्तिबहादुर खड्काले उहाँको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभयो ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६