लुम्बिनी

राहत नपाउँदा भूमिकास्थानबासी भोकै



अर्घाखाचीँ २ जेष्ठ ।  जिल्लामा हालसम्म झण्डै पाँच हजार परिवारलाई राहत वितरण गरिएको छ । कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि लकडाउन भएपछि जिल्ला सबै स्थानीय तहले चार हजार ९४५ घरपरिवारमा राहत वितरण गरेका हुन् ।जिल्लाका छमध्ये पाँच स्थानीय तहका तीन परिवारलाई एक लाख २१ हजार ३०७ किलो चामल, १० हजार ३६४ किलो दाल, सात हजार ९१२ लिटर तेल र सात सात हजार १४१ किलो नुन वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।  भूमिकास्थान नगरपालिकाले भने हालसम्म राहत बाँड्न सकेको छैन ।

             नगरपालिकाले विपन्न र मजदूरको यकिन तथ्याङ्क सङ्कलन गर्न नसक्दा राहत पाउनुपर्ने नागरिकले राहत पाएका छैनन् । नगर प्रमुख रेशम थापाले वडाबाट सही विवरण नआएकाले वितरणमा ढिलाइ भएको बताउनुभयो । नगरपालिकाका चार हजार घरपरिवारले राहतका लागि फाराम भरेका छन् । वडा कार्यालयमार्फत सिफारिस भएर आएका नाम वास्तविक नभएको पाइएपछि राहत वितरणमा ढिलाइ भएको प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारीले बताउनुभयो ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६