एजेन्सी, ३ जेठ । विश्वभर महामारीको रुपमा साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको १७ लाख ५५ हजार १४० जना मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । उनीहरुले कोरोना भाइरसलाई जितेका हुन् । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ४६ लाख २१ हजार ४०७ मध्ये १७ लाख ५५ हजार १४० जना संक्रमण मुक्त भएका हुन् ।
संक्रमितमध्ये हालसम्म ३ लाख ८ हजार १५४ जनाको ज्यान गएको छ। वल्डो मिटरका अनुसार अनुसार अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी १४ लाख ८४ हजार २८५ जना संक्रमित भेटिएका छन् भने ८८ हजार ५०७ जनाको ज्यान गएको छ संक्रमितको संख्याका हिसाबले स्पेन दोस्रो स्थानमा छ। त्यहाँ दुई लाख ७४ हजार ३६७ जना संक्रमित भएका छन् त्यस्तै २७ हजार ४५९ जनाको मृत्यु भएको छ।
नेपालको दक्षिणी छिमेकी देश भारतमा हालसम्म ८५ हजार ७८४ मानिसमा संक्रमण देखिएको छ। त्यहाँ दुई हजार ७५३ जना ले ज्यान गुमाई स्केका छन् । भारतले संक्रमितको हिसाबले चीनलाई समेत उछिनेको छ ।
प्रतिक्रिया