ब्रेकिंग न्युज

रेड जोन कपिलवस्तुमा शिवराजमा ३ जना थप , ४३ जनामा कोरोना संक्रमण



 कपिलवस्तु ३ जेठ । कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्ती अनुसार जिल्लामा ३ नया संक्रमित थपिएका हुन । उनीहरु शिवराज नगरपालिका ८ विशनपुर का २ जना र वडा नं. ११ थुन्हियाका १ जना पुरुष हुन । उनीहरु भारत वाट आएका थिए । पुष्टी भएका ३ जना सुपादेउराली क्वारेन्टाईनमा रहेका छन । नया थप भएसंगै जिल्ला कोरोना संक्रमणको हटस्पट वनेको छ । संक्रमण क्वारेनटाईन वाहिर पनी फैलिदा भयावह हुने आशंका गरीएको छ । यसै गरी देश भर कुल २७६ जनामा कोरोना संक्रमण भएको छ ।         
   कपिलवस्तु जिल्लाको यशोधरा गाउपालिकामा १२ जना , कपिलवस्तु नगरपालिकामा ९, कृष्णनगर नगरपालिकामा ८, वुद्धभुमी नगरपालिकामा ४, मायादेवी गाउपालिकामा ४ वाणगंगा नगरपालिकामा १ र विजयनगर गाउ पालिकामा १ जना र शिवराजका ३ जनामा कोरोना संक्रमण भएका छन । जिल्लामा ४ जना सुरक्षा कर्मी , १ जना स्टाफ नर्स , २ जना कर्मचारी र १ जना ६ वर्षिय वालिका संक्रमण भएको हो ।
       (सवै भन्दा छिटो अपडेट पाउन हाम्रो फेसवुक पेज  https://www.facebook.com/presspatinews लाईक गरीदिनु होला । ) 


प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६