कपिलवस्तु ३ जेठ ।जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लाबाट संकलन भएका ८२१ मध्ये ५९१ जनाको रिपोर्ट प्राप्त भएको छ । संकलित नमुनामा मध्ये ४३ जनाको कोरोना पोजेटिभ आएको छ । यसै गरी १ जना वालिकाको काठमाण्डौ र विजयनगरका एक युवाको भैरहवामा संकलन गरेको स्वावमा कोरोना पोजेटिभ आएको थियो । यसै गरी शुद्धोधन गाउ पालिकाका पकडी क्वारेन्टाईनमा वसेका युवामा कोरोना देखिएको थियो ।
जिल्लामा ४० जना कोरोना संक्रमित रहेका छन । जिल्लाका १० स्थानिय सरकार मध्ये २ को अहिले सम्म स्वाव संकलन भएको छैन । स्वास्थ्य कार्यालयले जारी गरेको तथ्यांक अनुसार वाणगंगा नगरपालिका र शुद्धोधन गाउपालिकाको अहिले सम्म स्वाव संलन गरेको छैन । यस अघी संकलित नमुनामा मध्ये ५ स्थानिय तहवाट संकलन भएका सवै नमुनाको नतिजा आएको छ । कृष्णनगर नगरपालिका, वुद्धभुमी नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउपालिका, मायदेवी गाउपालिकाको संकलित नमुनाको पुरा नतिजा आएको छ ।
यसै गरी शुक्रवार महाराजगंज नगरपालिकावाट १०८ र वियनगर गाउपालिकाबाट ४५ र कपिलवस्तु जिल्ला अस्पतालबाट १०५ नमुना संकलन गरीएको छ । ति नमुना मध्ये वियनगर गाउपालिका ६१, शिवराज नगरपालिकाका १६, महाराजगंज नगरपालिकाको १०८ र कपिलवस्तु जिल्ला अस्पतालको ११२ गरी २९७ नमुनाको परिक्षण गर्न वाकी रहेको छ ।
ताजा अपडेटका लागि पेज लाइक गर्नहोस https://www.facebook.com/presspatinews
प्रतिक्रिया