कपिलवस्तु ३ जेठ । प्रदेश ५ सरकार र कपिलवस्तुका ४ वटा पालिकाको साझेदारीमा कोरोना संक्रमितको उपचार गर्ने अस्पत्ताल बन्ने भएको छ । एकैसाथ २ सय ५० बेडको आइशोलेशन सेन्टर ४ पालिकामा स्थापना हुने भएकोछ । जस मध्ये मायादेवि गाउपालिकामा २ वटा बन्ने छन् भने ,कपिलवस्तु नगरपालिका ,शिवराज नगरपालिका र बिजय नगर गाउपालिकामा १/१ वटा आइशोलेशन सेन्टर बन्ने छन् । ती सबै ५० बेडका रहनेछन् । प्रदेश ५का आन्तरीक मामिला मन्त्री कूल प्रसाद केसीको अध्यक्षतामा तौलिहवामा बसेको बैठकले प्रदेश ५ सरकारको ५० बेडको आइशोलेशन अस्पत्ताल कपिलवस्तुमा बनाउने निर्णयलाई बदल्दै जिल्लाका ५ स्थानमा २५० बेड क्षमताका आइशोलेसन सेन्टर बनाउने निर्णय गरेकोहो ।
जिल्ला प्रशासन कार्यलय कपिलवस्तुमा भएको उपलब्ध सांसद र पालिकाका प्रमुखहरुको संयुक्त बैठकले २५० बेडका ५ वटा आइशोलेशन अस्पत्ताल बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले प्रेसपाटीलाई जानकारी दिनु भयो । कोरोना संक्रमितको सख्या बढे पछि कपिलस्तुमा २ सय ५० बेडको आईसुलेन सेन्टर बनाउन थालिएको हो ।यस्तै तौलिहवा क्याम्पसमा २ सय बेडको क्वारेन्टाइन निर्माण गरिने भएको छ । प्रदेश सरकारले ५० बेडको आइशोलेशन बनाउने निर्णय यसअघि गरेको थियो ।
कपिलवस्तु नगरपालिका– ३ स्थित महिला तथा बालबालिका कार्यालयको भवन, मायोदेबी गाउपालिका – १ पकडी स्थित फैजल खाँनको निर्माणाधीन निजी अस्पताल,सोही पालिकाकोे वडा नम्बर ३ फुलिका स्थित सार्वजनिक घर, कपिलवस्तु शिवराज नगरपालिको नलकुप सिंचाई भवन र बिजयनगर गाउपालिकाको आयुर्बेद भवनमा ५०/५० बेडको आईसोलेशन सेन्टर निर्माण गरिने छ । प्रजिअ पौडेलले उक्त ५ वटा आइशोलेशन अस्पत्ताल सम्वन्धित पालिका र प्रदेश सरकारको साझेदारी लगानीमा निर्माण गर्ने निर्णय भएको बताउनु भयो । निर्माणको समन्वय र अनुगमन जिल्ला प्रशासन कार्यलय कपिलवस्तुका प्रजिअले गर्ने निर्णय बैठकले गरेकोछ ।
कपिलवस्तु नगरपालिका– ३ स्थित महिला तथा बालबालिका कार्यालयको भवनमा रहेको लिडो नामक गैसससंगको संझौता रद्ध गरेर आइशोलेशन बनाउन कपिलवस्तु नगरपालिकालाई बैठकले निर्देशन दिएको छ । मन्त्री केसीले आईसोलेनशन सेन्टर र क्वारेन्टाइन निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउदै सिघ्र निर्माणको काम थाल्न आग्रह गर्नु भएको थियो । यता प्रजिअ पौडेलले कोरोना संक्रमण विस्तार तीव्र भएकाले अस्पत्तल निर्माणको रफतार पनि तीव्र पारिने औल्याउनु भयो ।
प्रतिक्रिया