कपिलवस्तु ४ जेठ ।टिचिङ अस्पत्तालमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगंगाकी ६ बर्षिय बालिकाको अभिभावकको नतिजा भने नेगेटिभ आएको छ । यो संगै कपिलवस्तुवाट उपचारका लागि काठमाण्डौ पुराइएकी बालिकामा संक्रमण अस्पत्तालवाटै भएको हुन सक्ने देखिएको छ । कपिलवस्तु वाणगंगा ४ ठाकुरापुरकी ६ बर्षीया कोरोना संक्रमित बालिकाको हजुरबुवा र आमाको रिपोर्ट कोरोना ‘नेगेटिभ’ आएको जानकारी प्राप्त भएको बाणगंगाका उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो ।
घाँटीको समस्या आएपछि बालिकालाई बैशाख २७ गते काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पताल उपचारका लागि लगिएको थियो । त्यहाँ उपचारको क्रममा बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।अहिले बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । यसभन्दा अघि गत शुक्रबार साँझमात्र अस्पतालका चिकित्सक र कर्मचारीको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।बालिकाका अभिभावको नतिजा नेगेटिभ आउनु र अस्पत्तालको चिकित्सकको नतिजा समेत नेगेटिभ नै देखिनुले बालिकामा संक्रमण कहाँ वाट भएको हो भनेर गंभिर अध्ययनगर्नु पर्ने देखिएको छ ।
प्रतिक्रिया