एजेन्सी, ४ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइसको संक्रमणबाट भारतमा २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ११८ जनाको मृत्यु भएको छ । एकै दिन थप ४ हजार ८६४ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या ९० हजार ६४८ पुगेको छ । विश्वमा कोरोना भाइरस फैलने राष्ट्रको सूचीमा भारत ११ औं स्थानमा परेको छ । भारतमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको छ । कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएता पनि भारतीय सरकारले रेल सेवा संचालमा ल्याएको छ । रेल सेवा संचालनले नेपालमा थप सुरक्षा चुनौति थपिएको छ ।
प्रतिक्रिया