एजेन्सी, ४ जेठ । विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १२ हजार ९९० जनाको मृत्यु भएको छ । भाइरसको महामारीले ४७ लाख १७ हजार १६ जना संक्रमित भएको वल्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।
संक्रमितमध्ये १८ लाख १० हजार ११९ जना उपचारपछि निको भएर घर फर्केका छन् । बितेको २४ घण्टामा ४ हजार बढीले ज्यान गुमाएका छन् भने ९३ हजार भन्दा धेरै संक्रमण पुष्टि भएका छन् । त्यस्तै २५ लाख ४९ हजार ७९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उपचारारत मध्ये ४४ हजार ८२८ जनाको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर छ ।
भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६१ हजार बढीको मृत्यु भएको छ । त्यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १ हजार मृत्यु भएको छ । एसियाली मुलुकहरुमा २४ हजार बढीले ज्यान गुमाई सकेका छन् ।
अमेरिकामा कोरोना भाइरसको प्रभाव अत्याधिक परेको छ । त्यहाँ ९० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ९० हजार २०१ जनाको मृत्यु भएको छ । १५ लाख ७ हजार ८६१जना संक्रमित भएका छन् । विश्वभर कोरोना भाइरस र संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा पनि कोरोना भाइरसका कारण १ जनाको ज्यान गएको छ भने २८१ जना संक्रमित भएका छन् ।
प्रतिक्रिया