जीवनशैली

कृष्णनगरवाट २५०को स्वाव पठाइयो ,बाणगंगामा ८ पत्रकार सहित ११०को आज संकलन



कपिलवस्तु ४ जेठ  कपिलवस्तुको कृष्णनगर नगरपालिकामा कोरोना संक्रमित ४ जना प्रहरी र अन्य २ जना कर्मचारीको संपर्कमा आएका  कुल २५० जनाको स्वाव संकलन गरिएको छ । यता कपिलवस्तुको बाणगंगामा संक्रमित बालिकाको संपर्कमा आएका कुल ३५ जना सहित एकसय १० जनाको थ्रोट स्वाव आज संकलन गरिने स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वताउनु भएको छ । कृष्णनगरमा शनिवार सशस्त्र प्रहरी १ सय ५२ जना, नेपाल प्रहरी ७२ जना, र अन्य २६ जना गरी २५०को स्वाब संकलन गरिएको हो  ।

            नगरपालिकामा ८ जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुसँग कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाब संकलन गरिएको हो ।यस्तै बाणगंगमा संक्रमित बालिकाका घरपरिवार र नजिकका साथीसंगी गरि १८ जना , दुधको गाडी चालक र डेरी उद्योगमा कार्यरत १७ जना गरी ३५ जनाको स्वाव संकलन गर्न लागिएको पौडेलले प्रेसपाटीलाई जानकारी दिनु भयो । स्वास्थ्य शाखा प्रमुख पौडेलले बाणगंगामा आज ८ जना पत्रकारको समेत स्वाव संकलन गरिने वताउनु भयो । कन्ट्रयाक्ट ट्रेसिङमा रहेकाको स्वाब संकलन गरी प्रदेश नम्बर ५ को भैरहवा स्थित जनस्वास्थ्य प्रयोगशालामा कोरोना परिक्षणका लागि पठाईने गरेकोछ । 

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६