बुटवल ४ जेठ ।कोभिड १९ विरुद्ध भइरहेका काम र समस्या बारे जानकारी लिन भिडियो कलवाट हरेक पालिकाका प्रमुख ,सुरक्षा निकायका प्रमुख र राजनैतिक दलसंग संवाद गर्दै आउनु भएका मुख्यमन्त्री शंकर पोख्रेल शनिवार नवरपरासी पु्गेर प्रत्यक्ष छलफलमा सहभागि हुनु भएको उहाको नीजि सचिव सरोज कुमार रेग्मीले प्रेसपाटीलाई जानकारी दिनु भयो । मुख्यमन्त्री शंकर पोखरेल नवलपरासीमा स्थानीय तहका प्रमुख, सुरक्षा निकाय र प्रमुख अधिकारीसंग छलफल गर्नुभएकोछ ।
स्थानीय तहका प्रमुखहरुको कुरा सुनिसकेपछि उहाँले क्वारेन्टाइन खाली घरमा , वडातहमा, पालिका तहमा, र जिल्ला तहमा बनाउन निर्देशन दिदै क्वारेन्टाइनको खर्च तत्काल व्यवस्थापन गर्न र पछि केन्द्रको कोभिड कोषले दिने बताउनुभयो । उहाँले आइसोलेसनमा बस्नेको खाना र उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने जानकारी दिनुभयो ।राहत वितरण भन्दा श्रममुखी रोजगार दिन स्थानीय तहलाई निर्देशन दिनुभएको छ । उहाँले राहत वितरणले अब समस्या ल्याउने भन्दै अब राहत दिनुपर्नेलाई काम र पैसा दिएर अघि बढ्नुपर्ने बताउनु भएकोछ ।
उहाँले स्थानीय तह, राजनैतिक दल, सुरक्षा र प्रशासन कार्यालयबीचको समन्वय र सहकार्यबाट मात्रै कोभिड १९ लाई जित्न सकिने बताउनुभयो ।उहाँले जिल्लामा छिटो २ सय बेडको आइसोलेसन केन्द्र बनाउन र प्रयाप्त क्वारेन्टाइन बनाउन ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । त्यसअघि स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीले अहिले भइरहेका काम र समस्याका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रतिक्रिया