कपिलवस्तु ४ बैशाख । संक्रमित नर्ससंग नजिकमा रहेर काम गर्ने तौलिहवा अस्पत्तालमा ५ जना डाक्टरको नतिजा नेगेटिभ आएको छ । पहिलो लटमा ९ जनाको परिक्षण गर्न पठाइएकोमा सबैको नतिजा नेगेटिभ आएको अस्पत्तालका मेडिकल सुपरी टेण्डेन्ट किशोर बन्जाडेले वताउनु भयो ।
नर्ससंग नजिक रहेका सबै डाक्टरको नतिजा नेगेटिभ आएको छ भन्दै अरु सबै स्वास्थ्यकर्मीको नतिजा पनि छिटटै आउने प्रेसपाटीलाई वताउनु भयो । डा. बन्जाडेले आफ्नो रिपोर्ट सामाजिक मिडियमा राख्दै अरु सबैको पनि यस्तै नतिजा आओस भन्ने शुभेच्छा प्रकट गर्नु भएको छ ।
प्रतिक्रिया