ब्रेकिंग न्युज

सुनकोशीले बगाएर दुई जना बेपत्ता



सिन्धुली ४ जेष्ठ । सिन्धुलीमा सुनकोशी नदीले बगाउँदा दुईजना बेपित्ता भएका छन् । नदीमा पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई युवा बेपत्ता भएका हुन् । आज नदीमा पौडी खेल्न जाने क्रममा जिल्लाको फिक्कल गाउँपालिका–४ कुइभिरबाट दुईजनालाई सुनकोशी नदीले बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।उहाँका अनुसार पौडी खेल्ने क्रममा सुर्खेत पञ्चकोटी नगरपालिका–७ घर भई हाल फिक्कल गाउँपालिका–४ खाङसाङमा काठको मिस्त्री काम गर्ने १९ वर्षीय दिनेश बुढाक्षेत्री र २० वर्षीय जनक बुढाक्षेत्रीलाई सुनकोशी नदीले बगाई बेपत्ता बनाएको हो । प्रहरीलाई सुनकोशी नदीले मानिस बगाएको भन्ने जानकारी आउनेबित्तिकै प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली उद्धारका लागि परिचालन गरिएको उहाँको भनाइ छ । बेपत्ताको खोजी कार्यका लागि सातजना प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६