कपिलवस्तु ४ जेठ । कपिलवस्तुका विभिन्न क्वारेण्टाइनमा रहेका २४५ महिला मध्ये ९ जना गर्भवती र १९ जना बालवालिका रहेका छन् ।उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु र स्थानीय तहले अतिरिक्त सेवा सुविधा प्रदान गर्ने गरेका छन् । आमाका काखमा रहने वालवालिकाका लागि हरेक दिन दुध तथा पौष्टिक आहार उपलब्ध गराएको बिजयनगर गाउँपालिकाका प्रमुख गोपाल वहादुर थापाले वताउनु भयो । यस्तै क्वारेण्टाइनम रहेका गर्भवती महिलाका लागि आइरन चक्की र क्याल्सीयम नियमित रुपमा दिइएको वाणगंगाका स्वास्थ्य चौकी प्रमुख ठगराज पौडेलले जानकारी दिनु भयो ।
भारतवाट लुकिछिपि आउने वा स्थानीय तहले उद्धार गर्ने गर्दा कपिलवस्तुमा आइतवार विहान सम्म ६ हजार ७ सय ८७ जना क्वारेण्टाइमा रहेका छन् । जिल्ला भित्र रहेका १४५ वटा क्वारेण्टाइनमा ८ हजार १९० बेड निर्माण गरिएको छ । अहिले सम्म १२ सय बढिको स्वाव संकलन गरिएको मध्ये ४३को नतिजा पोजेटिभ आएको छ । जिल्ला प्रशासनका अनुसार संक्रमण पुष्टि भएका मध्ये २५ जनालाई बुटवल , भैरहवामा ५ , तौलिहवामा ९ , दाङमा ३ जनालाई आइशुलेसनमा राखिएको छ । १ जना वालिका काठमाण्डौमा उपचारत छन् ।
यस्तै कपिलवस्तुमा सबै भन्दा धेरै क्वारेण्टाइनमा बस्ने जनसंख्या रहेको पालिका कृष्ण्नगर नगरपालिका हो । जहां ११ सय ६७ रहेका छन । महाराजगंजमा १६ सय ४९ छन् । त्यसैगरी यशोधरामा ९०८ जना ,कपिलवस्तु नगरमा ५सय९८ जना, शुद्धोधनमा ६७६ जना ,मयादेविमा ७६७ जना रहेका छन् ।सबै भन्दा कम ब्यक्ति क्वारेण्टाइनमा रहेको बाणगंगा हो , जहाँ ८५ जना रहेका छन ।
प्रतिक्रिया