धनकुटा, ५ जेठ । धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको छ। स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएपछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ को चार किल्ला तोकेर सिल गरेको हो। अस्पताल सिल भएसँगै धनकुटा–७ को त्रिवेणी गेटबाट, बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चोसम्मको क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासनले जनाएकोछ । उक्त क्षेत्रमा अनिश्चितकालका लागि सिल गरिएको र थप संक्रमितहरुको पहिचानका लागि ट्रेसिङ तथा परीक्षण गरिने छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालभित्र थप सतर्कता अपनाइएको धनकुटा अस्पतालका निमित्त मेडिकल सुरपरिटेन्डेट डा. पुजन विश्वकर्माले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार राति सम्पन्न सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित कार्यरत अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया